१० किलो चरेससहित भारतीय नागरिक पक्राउ

सफल खबर संवाददाता

विहीबार, १० भदौ २०७८, १० : ५४
१० किलो चरेससहित भारतीय नागरिक पक्राउ

काठमाडौं । नेपाल प्रहरीले १० किलो चरेससहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पंचपेडा प्रहरी चौकीको डियुटी टोलीले प्रतापपुर गाउँपालिका वडा नं ४ बर्दघाट पुलस्थित एक पैदल यात्रीबाट चेकजाँचको क्रममा अवैध लागुऔषध चरेससहित भारत उत्तरप्रदेश महाराजगंज जिल्ला भगतपुरवाका ३७ वर्षीय राजेश यादवलाई बिहिवार बिहान ५ बजे पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रवक्ता राजु लामाले कालो झोलामा चरसलाई पेपरमा बेरी टेपले बाधेर इटा जस्तो देखिने २६ वटा लुकाएर राखेको अवस्थामा पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ परेका यादवलाई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनलाई अहिले इलाका प्रहरी कार्यालय बेलाटारीमा राखेर जिल्ला अदालत नवलपरासी पश्चिमबाट म्याद थप गरी लागुऔषध ऐन २०३३ अन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रवक्ता लामाले बताए ।

प्रतिक्रिया दिनुहोस