६ दिनमा २९ लाख बढीले हेरे ‘चरी जेलैमा’

सफल खबर संवाददाता

मंगलबार, ०८ भदौ २०७८, १६ : २२
६ दिनमा २९ लाख बढीले हेरे ‘चरी जेलैमा’

काठमाडौँ । गायिका विष्णु माझीको श्वरमा भरिएको ‘जेलैमा हो जेलैमा, चरी जेलैमा’ भन्ने गीतले यतिबेला चर्चा बटुलिरहेको छ । यो गीतको भिडियोलाई  युट्युबमा २९ लाखभन्दा बढीले हेरिसकेका छन् ।

युट्युबमा गीत सार्वजनिक भएको ६ दिनमात्र भएको छ ।‘पुतलीको भट्टी’ भाग १७ का रुपमा ल्याइएको गीतले यतिबेला टिकटकदेखि सामाजिक संजालसम्म चर्चा बटुलिरहेको छ । म्युजिक भिडियोसहित सार्वजनिक गीतमा सुन्दरमणि अधिकारीको शब्द÷संगीत, विनोद बाजुरालीको एरेन्ज, महिमा आचार्यको कोरस गायन रहेको छ ।

सुन्दरमणीकै निर्माण, निर्देशन रहेको गीतको भिडियोमा शिव बिकको कोरियोग्राफी छ । विवाहित चेलीको वेदना प्रस्तुत गरिएको गीतमा खराब श्रीमानका कारण चेलीले पाएको दःख देखाइएको छ । 
 

प्रतिक्रिया दिनुहोस