काठमाडौं । माधव नेपाल नेतृत्वको प्रस्तावित एकीकृत नेकपा समाजवादी पार्टी दर्ता प्रक्रियाका लागि निर्वाचन आयोगले सनाखतको समय तोकेको छ ।
बुधबार बिहान ११ः३० बजेदेखि २ बजेसम्म सशरीर उपस्थित भएर सनाखत गर्नुपर्ने निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । राजनीतिक दल सम्बन्धी अध्यादेश अनुसार दल दर्ताका लागि संघीय संसद वा केन्द्रीय सदस्यको २० प्रतिशत हुनुपर्छ ।
माधव कुमार नेपालले एमाले विभाजन गरेर नेकपा एकीकृत समाजवादी दर्ताका लागि निवेदन दिएका छन् । अध्यादेश अनुसार २० प्रतिशत बनाउन २०३ सदस्यीय एमाले केन्द्रीय सदस्यको ४१ जना पुर्याउनुपर्छ ।
नेपालले नयाँ दल दर्ताका लागि ५७ केन्द्रीय सदस्यहरुको नामावली निर्वाचन आयोगमा बुझाएका छन्
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०८ भदौ २०७८, १३ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एकीकृत समाजवादी मकवानपुरको अध्यक्षमा दाहाल
बिना विभागीय मन्त्रीको शपथ लिएकी लुंगेलीलाई श्रम मन्त्रालयको जिम्मेवारी
कोशीको मुख्यमन्त्रीलाई ३० दिनभित्र विश्वासको मत लिन राजेन्द्र राईको सुझाव
कम्युनिष्टहरु एकताबद्ध नभई देशको प्रगति असम्भव : झलनाथ खनाल
मधेशमा माओवादीका २ र एकीकृत समाजवादीका १ जना मन्त्री बन्दै
एकीकृत समाजवादीको महाधिवेशन केन्द्रित मस्यौदा समितिको बैठक शुरू