नवजात शिशुको हत्या गरेको आरोपमा महिला पक्राउ

सफल खबर संवाददाता

मंगलबार, ०८ भदौ २०७८, ११ : ४५
नवजात शिशुको हत्या गरेको आरोपमा महिला पक्राउ

बैतडी । नवजात शिशुलाई हत्या गरेको आरोपमा प्रहरीले बैतडीमा एक जनालाई पक्राउ गरेको छ।

डिलाशैनी गाउँपालिका वडा नम्बर ७ ढाँडकी ३५ वर्षीय माधवी कार्कीलाई प्रहरीले सोमबार पक्राउ गरिएको हो। प्रहरीकाअनुसार उनले ६ गते आइतबार शिशुलाई जन्म दिएकी थिइन्।

जन्मिनेवित्तिकै उक्त शिशुलाई उनले घर नजिकैको उखुबारीमा  फालीन्। उनले शिशुलाई किन उखुबारीमा फालिन् भन्ने खुलेको छैन। जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी बोधराज ओझाले घटनाबारे अनुसन्धान भइरहेको बताए।

प्रतिक्रिया दिनुहोस