लुम्बिनीका मुख्यमन्त्री केसीले पाए विश्वासको मत

सफल खबर संवाददाता

सोमबार, ०७ भदौ २०७८, १७ : १९
लुम्बिनीका मुख्यमन्त्री केसीले पाए विश्वासको मत

रुपन्देही । लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत पाएका छन् ।

सोमबार प्रदेशसभा बैठकमा आफूलाई प्रदेशसभाको विश्वास छ भनी मुख्यमन्त्री केसीले राखेको प्रस्तावको पक्षमा ४२ र विपक्षमा शून्य मत परेको छ । त्यस्तै एक मत भने तटस्थ देखिएको छ ।

मुख्यमन्त्रीले विश्वासको मत लिन बोलाएको प्रदेशसभा बैठक भने प्रमुख विपक्षी दल नेकपा एमालेले बहिस्कार गरेको थियो । त्यसैले विपक्षमा मत नपरेको हो ।

प्रतिक्रिया दिनुहोस