जिसस क्राइस्टका बुबा भगवान श्रीकृष्ण हुन् : रुसी नागरिक स्वामी पत्रिदास

नियमित भगवानको आराधना गर्नाले ठुला ठुला महामारीले नछुने तर्क

प्रकाश सिग्देल

सोमबार, ०७ भदौ २०७८, १५ : २०
जिसस क्राइस्टका बुबा भगवान श्रीकृष्ण हुन् : रुसी नागरिक स्वामी पत्रिदास

चितवन । सनातन हिन्दु धर्म र पुर्वीय दर्शनको विश्वमा प्रचार गर्दै हिन्दु धर्म संरक्षणमा सक्रिय रुसी नागरिक प्रा.डा इगर ओभोलङ्कोभ भगवान कृष्णका भक्त चर्चित धार्मिक गुरु स्वामी पत्रिदास ले नियमित भगवानको आराधना गर्नाले ठुला ठुला महामारीले समेतले छुन नसक्ने बताएका छन् ।

पछिल्लो समयमा विश्व हल्लाउने महामारी सृजना हुनुमा मानिस नै मुख्य दोषी भएको उनको भनाई छ । मानिसमा मानवता र भगवान प्रतिको भंक्तीभाव हराएकाले नै यस्तो समस्या मानव जगतले भोगिरहेको उनले बताए । आफुलाई भगवानप्रति सर्मपित गर्न सके मानिसमा दया, करुणा र माया भाव उत्पन्न हुने र त्यसले सबैप्रति समान व्यवहार भई मानिसले कहिल्यै पनि खराब र अफठ्यारो अवस्थाको सामना गर्नुपर्ने अवस्था सृजना नहुने उनको तर्क छ ।

केहि दिन देखि चितवनमा रहेका स्वामी पत्रिदासले पत्रकारहरुसंग छलफल गर्दै आफूलाई श्रीकृष्णको पत्रवाहक बताउने स्वामी पत्रिदासले सबै धर्मको मुल धर्म सनातन धर्म भएको र सबैको मुल भगवान श्रीकृष्ण नै भएको भन्दै उनको भक्तिभाव गर्न आग्रह गरे ।  

भगवानको भत्तीमा लिन हुने हो भने चित्त सुद्धी हुने र त्यसले समग्र प्रकृति र जगतको भलो हुने भएकाले मानव जीवनमा कुनै पनि संकट र महामारी नआउने उनको तर्क छ ।

इसाइ धर्मका प्रर्वतक जिसस क्राइस्टले आफु भगवानको छोरो भएको र बुबाले लोकमा लोकवासिको सेवा गर्न पठाएको बताएकाले जिसस क्राइस्टका बुबा भनेको भगवान श्रीकृष्ण नै भएको उनको भनाई छ ।

आफुले लामो समय ईसाई धर्म मानेको र बाईवलको पुरै ज्ञान आफुमा भएको बताउदै उनले जिसस क्राइस्टका बुबा खोज्दै हिड्दा भगवान श्रीकृष्ण नै जिससका बुबा भएको सनातन हिन्दु धर्म र श्रीमद भागवत गिता बाट प्रमाणीत भएपछि श्रीकृष्णको भक्त बनेको उनले बताए ।

सोभियत आर्मीकोे कमान्डर छाडेर संस्कृत अध्ययन

तत्कालिन सोभियत आर्मीको कमाण्डो टोलीको कमाण्डर छाडेर उनी  १९९२ देखि श्रीमद् भगवत गिता ज्ञानको वारेमा विश्वमा प्रचार गरिरहेका छन् ।

आत्म शान्ति र विश्वमा शान्ति स्थापना गरि मानव जगतलाई गिता ज्ञानबाटै एक सुत्रमा बाध्न सकिने ठहर गरेर इस्कोन मार्फत  १५० बढि भाषामा गितालाई उल्था गरी विश्वमा गिता ज्ञान बाडिरहेको उनको तर्क छ ।    

विश्वलाई धर्म संस्कार र सभ्यताको ज्ञान दिने यहि सनातन धर्म भएकाले यो धर्म र यहाँका सत गुणहरुको विश्वमा प्रचार गरी मानव जगतको हित गर्न सकिने उनले बताए । आफुले १९९२ देखि भारत बसेर संस्कृत अध्ययन गरेर सारा हिन्दु शास्त्रहरुको अध्ययन गरेको उनले बताए । मानव जिवन बुझ्न संस्कृत भाषा अनिवार्य बुझ्नुपर्ने उनको तर्र्क छ ।  विश्वमा भाषा र सभ्यताको विकास नै सनातन धर्मबाट भएको र सबैले आफु अनुकुल प्रयोग गरेकाले अहिले धेरै धर्म र धेरै भगवानहरु पुजिने गरेको देखिएपनि  मुल धर्म र मुल भगवान एउटै भएको उनले बताए ।

जिससका बुबा खोज्दै भारत आए पत्रिदास

पत्रिदासले अन्तर्राट्रिय कृष्णभावनामृत संघ (ईस्कोन) नामक संस्था मार्फत विश्वमा गिता ज्ञान बाडिरहेका छन् । यो संस्था भक्तीवेदान्त स्वामी प्रभुपादले स्थापना गरेका हुन् ।

। १९९० देखि ९२ सम्म सोभियत आर्मीको कमान्डो टोलिका कमान्डर रहेका उनी पत्रकारितामा मास्टर्स गरेका छन् भने १९९५ मा भारतमा बसेर बैदिक सनातन धर्ममा पश्चिम बंगालबाट विद्यावारिधि ( पि एच डी) गरी डाक्टरको उपाधि पाएका हुन् । अहिले विश्वका धेरै विश्वविद्यालयमा अतिथि प्राध्यापकका रुपमा संस्कृत शिक्षा पढाउने गरेका छन् ।

नेपालमा पत्रिदास र उनको संस्थाको योगदान

काठमाण्डौ बुढानिलकण्ठमा ५२ रोपनी जग्गामा आश्रम निमार्ण भएको छ भने देशका ४० जिल्लामा आध्यात्मिक केन्द्र रहेका छन् । ईस्कोनले भंक्ति बेदान्त अस्पताल सञ्चालन गरी निशुल्क सेवा गरेको छ भने  भंक्ती बेदान्त बुक टस्ट मार्फत पुस्तकहरु प्रकाशन गर्ने गरेको छ । त्यस्तै कलेज कलेजमा विभिन्न कार्यक्रम घरघरमा गएर ज्ञान प्रवाह गर्ने गरेको छ ।

गौशाला, गुरुकुल, बैद्धिक स्कुल समेत सञ्चालन गर्दै आएको छ ।   ईस्कोन मार्फत अहिले जीवनका लागि भोजन कार्यक्रम पनि सञ्चालन हुदै आएका छ  । जुन कार्यक्रम मार्फत काठमाडौंमा दैनिक ५ हजार जना स्कुल पढ्ने उमेरका बालबालिकालाई भोजन गराउने कार्यक्रम सञ्चालन भईराखेको चितवन आश्रमका सचिव स्वामी गौर गोबिन्द प्रसाद दासले बताए । चितवनमा विद्यार्थीका लागि छात्रबास समेत निमार्ण गरेर आध्यात्मीक र भौतिक दुबै ज्ञान प्रदान हुदै आएको दासको भनाई छ ।

पत्रकार सम्मेलनमा  चितवन मेडिकल कलेजकी निर्देशक ममता न्यौपानेले इस्कोनले हाम्रो सनातन धर्म र संस्कारको संरक्षण गरि आम नागरिकलाई सतमार्गमा ल्याउन धेरै राम्रो काम गरेको बताईन् ।  

श्रीमद भागवत गिता भगवान श्रीकृष्णद्वारा आफना घनिष्ठ मित्र अर्जुनलाई दिनुभएको आत्मज्ञानको सारले भरिएको अध्यात्मिक विज्ञान हो । 

कार्यक्रममा स्वामी पत्रीदासले पत्रकारहरुलाई श्रमद्भगवत गिता समेत प्रदान गरेका थिए । 

कृष्णभक्त बनेपछि शाकाहारी बन्दै कलाकार

पत्रिदासले प्राणी हत्या नगर्न र माछा मासु नखान पनि सबैमा आग्रह गरेका छन् । सबै धर्मले प्राणी हत्या निषेध गरेकोले यस्तो महापाप गर्न नहुने उनको तर्क छ । शाकाहारि जीवन जीउनु पर्ने उनले बताए ।  पछिल्लो समयमा कृष्ण भक्त बनेपछि नेपाली कलाकारहरु शाकाहारी बनेका छन् । ताजा शाकाहारी बन्नेमा अनमोल केसीको नाम अगाडि आउँछ । केही वर्षअघि अनमोलले माछामासु खाने गरेका थिए तर कृष्णभक्त भएपछि उनले मांसाहार चटक्क छाडेका छन । त्यस्तै नायक निखिल उप्रेती पनि शाकाहारीका साथसाथै साधु नै बनेका छन् ।  

प्रतिक्रिया दिनुहोस