एमालेका सांसदहरु र सभामुख सापकोटाबीच चर्काचर्की

सफल खबर संवाददाता

शुक्रबार, ०४ भदौ २०७८, १२ : १८
एमालेका सांसदहरु र सभामुख सापकोटाबीच चर्काचर्की

काठमाडौं । कारबाहीको सिफारिस भएका एमालेका १४ सांसदलाई पदमुक्त माग गर्दै सभामुखको च्याम्बरमा पुगेका एमालेका सांसदहरु र सभामुख अग्नि सापकोटाबीच चर्काचर्की भएको छ ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा एमाले सांसदहरुले सभामुख बायस्ड भएको आरोप लगाएपछि सभामुख आक्रामक रुपमा प्रस्तुत भएका थिए । 

सांसद शान्ता चौधरीले सभामुखको कार्यकक्षमा चर्काचर्की भएको सञ्चारकर्मीलाई बताइन् ।

प्रतिक्रिया दिनुहोस