बामदेव गौतम माधव नेपालको एमाले समाजवादीमा

सफल खबर संवाददाता

विहीबार, ०३ भदौ २०७८, १५ : ५४
बामदेव गौतम माधव नेपालको एमाले समाजवादीमा

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतम माधव नेपालले नेतृत्व गरेको नेकपा एमाले समाजवादीमा गएका छन् । 

माधवकुमार नेपाल नेतृत्वको प्रस्तावित एमाले (समाजवादी) पार्टीलाई सहयोग गर्ने बामदेव गौतमले बताएका छन्। पार्टी एकता अभियानको जुम मिटिङलाई बिहीबार सम्बोधन गर्दै नेता गौतमले केपी ओलीको पक्षमा लागेर अब पार्टीका लागि केही गर्न नसकिने बताए । 

एमालेको माधव नेपाल समूहले नयाँ पार्टी दर्ताको प्रक्रिया सुरु गर्दा भने उपाध्यक्ष गौतम खुलेका थिएनन्। गौतम कहिले केपी ओलीतिर कहिले नेपालतिर लाग्दै आएका थिए । 

प्रतिक्रिया दिनुहोस