काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माधव नेपाल नेतृत्वको नयाँ दल दर्ता हुने बित्तिकै मन्त्रिपरिषदले पूर्णता पाउने बताएका छन् । बुधबार समाजवादी केन्द्रले आयोजना गरेको कार्यक्रममा प्रचण्डले यस्तो बताएका हुन् ।
‘हिजोबाट नयाँ परिस्थिति बनेको छ,’ उनले भने, ‘आज मात्रै प्रधानमन्त्री, माधवजी र मेरो छलफल भयो । नयाँ दल दर्ता भएको सनाखत हुनेबित्तिकै मन्त्रिपरिषद् टुंग्ग्यादिनुपर्छ भन्ने सहमति भएको छ । उताबाट दर्ता सनाखत हुनेबित्तिकै त्यो टुंग्याइन्छ।’
प्रचण्डले पहिलेको सरकारले ल्याएको अध्यादेश र अहिले ल्याएको अध्यादेशमा आकाश र जमीनको फरक रहेको दावी गरे । उनले भने, ‘अहिले ल्याएको अध्यादेशको उद्देश्य गणतन्त्र, लोकतन्त्रको रक्षा गर्नु छ । दुईटा अध्यादेशमा आकाश र जमीनको फरक छ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ भदौ २०७८, १३ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चुनावमा अन्तर्घात गर्नेलाई कारवाही गरेर पार्टी पुनर्गठन सुरु गर्ने ‘प्रचण्ड’को घोषणा
राज्यका सबै संरचनामा महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्छ : प्रचण्ड
रुकुम पूर्वबाट भारी मत सहित ‘प्रचण्ड’ विजयी
प्रचण्डको जित सुनिश्चित
भुमेको ४ वटा वडाको मत सार्वजनिक, प्रचण्डले एक हजार मतले लिड
शान्तिपूर्ण निर्वाचन गराएकोमा सरकारलाई प्रचण्डले दिए धन्यवाद