लुम्बिनी प्रदेशसभा बैठक स्थगित

सफल खबर संवाददाता

विहीबार, ०३ भदौ २०७८, १२ : १५
लुम्बिनी प्रदेशसभा बैठक स्थगित

लुम्बिनी । लुम्बिनी प्रदेशसभा बैठक स्थगित भएको छ । बिहीबार दिउँसो १ बजे बस्ने तय भएको बैठक भदौ ७ गते सम्मका लागि स्थगित भएको हो ।

प्रदेशसभा नियमावली, २०७४ को नियम ६ को उपनियम (३) बमोजिम सभामुखको निर्देशनअनुसार भदौ ७ गते दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित भएको प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुन मगरले जारी गरेको सूचनामा उल्लेख छ ।

यसअघि नवौं अधिवेशनको पहिलो र दोश्रो दिन विपक्षी दल एमालेका सांसदहरुले लगातार अवरोध गरेका थिए । आज बस्ने भनिएको तेस्रो बैठक विशेष कारणबस स्थगित भएको सूचनामा उल्लेख छ ।  यसअघि प्रमुख विपक्षी दल एमालेले प्रदेश सांसद अजय शाही र विमला वलीलाई पदमुक्त नगरेको भन्दै बैठक अवरुद्ध गर्दै आएको थियो । 

प्रतिक्रिया दिनुहोस