वैद्य माओवादीको सिंगो जिल्ला कमिटी नेकपा माओवादी केन्द्रमा प्रवेश

सोमबार, १८ मंसिर २०७४, १४ : ३१
वैद्य माओवादीको  सिंगो जिल्ला कमिटी नेकपा माओवादी केन्द्रमा प्रवेश

भरतपुर, १८ मंसिर । वैद्य माओवादी निकट क्रान्तिकारी पत्रकार संघका केन्द्रीय सदस्य सहित सिंगो जिल्ला कमिटी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । केन्द्रीय सदस्य शंकर सुवेदी, सुर्य बराल नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा चितवन क्षेत्र नं. ३ बाट प्रतिनिधि सभाका उम्मेदवार रहेका प्रचण्डको सम्पर्क कार्यालय शिवनगरमा आयोजित अनौपचारिक कार्यक्रममा क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय सदस्य शंकर सुवेदी, चितवन जिल्ला शाखा अध्यक्ष सुर्य बरालसहित डेढ दर्जन माओवादी केन्द्रमा प्रवेश गरेका हुन ।

सोही अवसरमामा नेपाली कांग्रेस लगायतका पार्टीबाट थप तीन सय माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
कार्यक्रममा नेपाली कांग्रेसका क्रियाशील सदस्य तथा व्यवसायिक कृषक समाज नेपालका केन्द्रीय प्रवकता हरिप्रसाद अधिकारीको नेतृत्वमा डेढ सय जना, संघीय समाजवादी युवा संघका ५६ जना र राप्रपाका बिभिन्न कमिटीबाट तीन सय बढीले रहेका थिए ।

प्रवेश कार्यक्रममा क्रान्तिकारी पत्रकार महासंघका जिल्ला अध्यक्ष सूर्य बरालले इतिहासको आवश्यकतालाई बोध गरेर समृद्ध र समाजवादी नेपालको नेतृत्व प्रचण्ड नेतृत्वले मात्र गर्न सक्ने ठहर गरी पार्टी प्रवेश गरेको बताउनुभयो । यसैगरी नेपाली कांग्रेसबाट प्रवेश गर्नुभएका हरि अधिकारीले आफूलाई विगतदेखि नै कम्युनिष्ट विचार मनपर्ने गरेपनि विभिन्न कारणले कांग्रेसमा रहेर काम गर्नु परेको बताउनुभयो ।

“कांग्रेसको सदस्यता लिएर कम्युनिष्टको प्रचारमा जाने भनेर मलाई साथीहरुले भन्नुहुन्थ्यो, आजदेखि त्यो सुन्नु पर्ने छैन, अब म यो देशका हितका लागि प्रचण्डको नेतृत्व स्वीकारेर आएको छु, कम्युनिष्ट भएको छु ” उहाँले भन्नुभयो ।
नव प्रवेशीहरुलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अबिर र खादाले स्वागत गर्नुभएको थियो । नव प्रवेशीहरुलाई सम्बोधन गर्दै अध्यक्षले ‘सही समयमा सही निर्णय गर्नुभएको’ भन्दै बधाई समेत दिनुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस