काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले सिफारिस गरेको राजनीतिक दलसम्बन्धी अध्यादेश राष्ट्रपतिको कार्यालयले जारी गर्ने तयारी गरेको छ ।
मन्त्रिपरिषद्को बैठकले मंगलबार मध्याह्नमा निर्णय गरी सिफारिस गरेको राजनीतिक दलसम्बन्धी अध्यादेश मंगलबार राष्ट्रपति कार्यालयले ढिला आएको भन्दै जारी गरेको थिएन । आज भने केही बेरमै अध्यादेश जारी हुने राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
“अबको केही बेरमै अध्यादेश जारी हुन्छ,” राष्ट्रपतिको सचिवालय स्रोतले भन्यो, “राष्ट्रपतिज्यूले अध्यादेश रोक्ने कुनै मनसाय राख्नुभएको छैन । सरकारका निर्णय कार्यान्वयनको दायित्व राष्ट्रपतिले निर्वाह गर्दै आउनुभएको हो ।”
सरकारले मंगलबार केन्द्रीय समिति वा संसदीय दलको २० प्रतिशतले पार्टी विभाजन गर्न सक्ने व्यवस्था राखेर अध्यादेश सिफारिस गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ भदौ २०७८, १२ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभव हाम्रा प्रेरणाका पुञ्ज हुन्: राष्ट्रपति पौडेल
‘क्रिसमस डे’ले राष्ट्रिय एकतालाई थप मजबुत बनाउने राष्ट्रपतिकाे विश्वास
राष्ट्रपतिसँग चीनका राजदूत छन् सङले गरे बिदाइ भेट
राष्ट्रपतिबाट निर्वाचन सम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिका विज्ञ राजनीतिक सल्लाहकार सुनिल थापाले दिए राजीनामा
सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेस