काठमाडौं । विद्युत्त प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरेको बिरुद्धमा सर्वोच्चमा परेको रिट उपर आज सुनुवाई हुँदैछ । प्रधान न्यायाधीशले उक्त रिट सुनुवाईका लागि न्यायाधीश कुमार रेग्मीको बेन्चमा तोेकेका छन् ।
कार्यकारी निर्देशक पदमा ‘थमौती गरि पाउँ’ भन्दै हितेन्द्रदेव शाक्यले साउन ३२ मा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उनले प्राधिकरणमा कुलमान घिसिङको नियुक्ति ‘बदर गरि पाउँ’ भन्ने माग गरेका छन् ।
रिटमा शाक्यले पदाधिकारीबाट आफुलाई हटाएको आधिकारीक पत्र नपाएको र सरकारले आफुलाई हटाएर कुलमानलाई ल्याउँदा ‘संविधान संवत् अधिकार हनन भएको’ दावी गरेका छन् । आफू ४ वर्षका लागि नियुक्त भएकामा सररकारले गैरकाननुनी रूपमा बीचमै हटाएको दाबी उनको छ।
ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले केही दिनअघि मात्रै कुलमान घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी दिएको हो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ भदौ २०७८, १० : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘यो चुनाव काम गर्ने र भाषण गर्नेबीचको प्रतिस्पर्धा हो’: कुलमान घिसिङ
राजनीतिक क्षेत्रको लोडसेडिङ अन्त्य गरेरै छाड्छु : कुलमान घिसिङ
‘हामी हन्ड्रेड पर्सेन्ट जित्छौं, काठमाडौँमा एक नम्बरको पार्टी हुन्छौं’ : कुलमान घिसिङ
हामी देशको नेतृत्व गर्न आएका हौं, कसैलाई प्रधानमन्त्री बनाउन होइन : कुलमान घिसिङ
उज्यालो नेपाल पार्टीले अधिकांश निर्वाचन क्षेत्रमा सफलता हासिल गर्छ: कुलमान घिसिङ
कुलमानले भने : 'मन्त्री बन्दा नै राजनीतिमा जान्छु भनेको थिएँ'