काठमाडौं । जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यसमिति बैठक मंगलबार राजधानीमा बस्दैछ ।
पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षले पाएपछि पहिलोपटक केन्द्रीय कार्यसमिति बैठक बस्न लागेको हो । बैठकमा सरकारमा सहभागिता, भागवण्डा, मन्त्री चयन लगायतका विषयमा छलफल हुने बताइएको छ ।
डिल्लीबजार, कालिकास्थानस्थित एउटा पार्टी प्यालेसमा बिहान ११ बजे जसपा नेपालको पहिलो केन्द्रीय कार्यसमिति बैठक बस्ने सो पार्टीका केन्द्रीय कार्यकारिणी समितिका सदस्य मनिष सुमनले जानकारी दिए ।
पहिलो बैठक भएकाले जनपरिचालन, अभिमुखीकरण लगायतका विषयमा छलफल हुने उनले बताए ।
महन्थ ठाकुर पक्षले आधिकारिकता गुमाएसँगै जसपामा ५१५ केन्द्रीय सदस्य कायम गरिएका छन् । महन्थ ठाकुर र राजेन्द्र महतो भने जसपाको साधारण सदस्यमा मात्र सीमित छन् । पार्टीले उनीहरुलाई केन्द्रीय समितिबाट हटाएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०१ भदौ २०७८, १० : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कुनै पनि बहानामा हिंसात्मक गतिविधि स्वीकार्य छैन: जसपा नेपाल
जनमतसहितका विभिन्न पार्टीका नेता-कार्यकर्ता जसपा नेपालमा प्रवेश
जसपा बैठकमा बिषयगत छलफल
लोसपा नेपालका उपाध्यक्ष झा जसपामा प्रवेश
जसपा नेपालका पाँच वटा केन्द्रीय विभागले पाए पूर्णता
जसपा नेपाल केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै