काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले मंगलबार देशभरको मौसम सामान्यदेखि पूर्ण बदली भइ अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको जनाएको छ । मनसुनी न्यून चापिय रेखा नेपालको पश्चिमि भू–भागमा तराई नजिक रहेको छ ।
यस्तै पूर्वी भू–भागमा तराई भन्दा केही पर दक्षिणतिर न्यून चापीय रेखा रहेको छ। बंगालको खाडीको उत्तर पश्चिमी भागमा निम्न चापिय प्रणाली बनेको र त्यसको प्रभाव पनि परेको मौसमविदले बताएका छन् । अहिले देशभर सामान्यदेखि पूर्ण बदली भएको छ ।
प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। मंगलबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
यस्तै राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०१ भदौ २०७८, ०९ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कस्तो रहला आज दिनभरको मौसम ?
कस्तो रहला आज दिनभरको मौसम ?
कस्तो रहला आज दिनभरको मौसम ?
आजको मौसम : कहाँ-कहाँ छ वर्षाको सम्भावना ?
कस्तो रहला आज दिनभरको मौसम ?
आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना