एजेन्सी । अफगानिस्तानको काबुलस्थित विमानस्थलमा अमेरिकी सेनाले गोली चलाएको छ । सोमबार विमानस्थलमा मुलुक छाड्नेको ठूलो भीड देखिएको अवस्थामा अमेरिकी सेनाले गोली चलाएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
तालिबानले अफगानिस्तानलाई आफ्नो कब्जामा लिएसँगै अफगानिस्तानबाट मानिसहरु देशबाट बाहिरिन विमानस्थल पुगेका छन्। अत्यधिक भीडको कारण अहिले काबुलको अन्तर्राष्ट्रिय विमानस्थल अस्तव्यस्त भएको छ। डेलिमेलका अनुसार काबुलको विमानस्थलमा गोली चलेसँगै सैन्य उडानबाहेकका सबै उडान रद्द गरिएको छ ।
अहिले विमानस्थललाई अमेरिकी सेनाले सुरक्षा दिइरहेको छ। साथै उसले अफगानिस्तानको एयर ट्राफिक कन्ट्रोललाई पनि आफ्नो नियन्त्रणमा लिएको छ। समाचारमा उल्लेख गरिएअनुसार नेटोका एक अधिकारीले सेनाको विमानबाहेक अन्य सबै व्यवसायिक उडान रद्द गरिएको जानकारी दिएका हुन्। नेटोले विमानस्थललाई पुनः सञ्चालनमा ल्याउन प्रयास गरिरहेको बताएको छ ।
अहिले हजारौंको संख्यामा अफगानी नागरिकहरु पनि मुलुक छाड्न विमानस्थलमा पुगेका छन्। सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा विमानस्थलको गेटमा मानिसहरुको ठूलो भीड देख्न सकिन्छ । केही यात्रुहरुलाई उडान रद्द गरिएसँगै विमानबाट निकालिएको देखिएको छ। विमानमा केही सर्वसाधारण त झुण्डिदै गरेको देख्न सकिन्छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, ३२ साउन २०७८, १२ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अफगानिस्तान-पाकिस्तान शान्ति वार्ता पुनः असफल
पाकिस्तानी आक्रमणमा अफगानिस्तानका ३ खेलाडीसहित ५ जनाको मृत्यु
शरणार्थी फिर्ताको तिब्र वृद्धिले अफगानिस्तानमा जोखिम
अफगानिस्तानमा सडक दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते
अफगानिस्तानमा बस दुर्घटना हुँदा ५२ जनाको मृत्यु