काठमाडौं । सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर जस्तै छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत आइतबार एकैदिन अधिकतम एक हजार रुपैयाँले बढेर ९२ हजार ७०० रुपैयाँ पुगेको सुनको मूल्य आज एक सय रुपैयाँले घटेर ९२ हजार ६०० रुपैयाँमा झरेको हो ।
यस्तै, गत आइतबार प्रतितोला २० रुपैयाँले बढेर एक हजार २०५ रुपैयाँ पुगेको चाँदी आज सोमबार प्रतितोला ५ रुपैयाँले घटेर एक हजार २०० रुपैयाँ कायम भएको छ ।
यता तेजाबी सुनको मूल्य भने गत आइतबारको मूल्य एक सय रुपैयाँले घट्दै सोमबार ९० हजार १०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३२ साउन २०७८, ११ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको मूल्य स्थिर, चाँदीको घट्यो
सुनको मूल्य तोलामा ११ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?
सरकारसँग ६ बुँदे सहमतिसँगै व्यवसायमा फर्किए सुनचाँदी व्यवसायी
निरन्तर बढ्दै सुनको मूल्य, प्रतितोला कति ?
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार?
सुनचाँदीमा लगाउने घोषणा गरिएको कर फिर्ता गर्न माग