काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को विवादमा महन्थ ठाकुरले दायर गरेको रिटमा सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदैछ ।
न्यायाधीशहरू दीपककुमार कार्की र आनन्दमोहन भट्टराईको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ ।
निर्वाचन आयोगले ११ साउनमा कार्यकारिणी समिति सदस्यको बहुमत संख्याको आधारमा जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिइसकेको छ ।
ठाकुर निर्वाचन आयोगको निर्णय कार्यान्वयन हुँदा पार्टी विभाजन भइ केन्द्रीय नेतृत्वको प्रयोजन नै समाप्त हुन जाने र आफूलगायत सम्पूर्ण सरोकारवालालाई अपूरणीय क्षति हुने भन्दै सर्वोच्च पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३२ साउन २०७८, ११ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने
जसपाले गर्यो विधान संशोधन
जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु
कुनै पनि बहानामा हिंसात्मक गतिविधि स्वीकार्य छैन: जसपा नेपाल
जनमतसहितका विभिन्न पार्टीका नेता-कार्यकर्ता जसपा नेपालमा प्रवेश
जसपा बैठकमा बिषयगत छलफल