काठमाडौं । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ लतियाहीस्थित कच्ची सडकको हिलाम्मे माटोमा रड ओछ्याएर ढलान भयो। सो ढलान बदर गर्नुको साटो पालिकाका इन्जिनियर राधेश्याम यादवले सदर गरिदिए। प्रमुख प्रशासकीय अधिकृत रामकिशोर महतो र लेखापाल रामप्रसाद यादवले ठेकेदारलाई सम्झौताअनुसारकै रकम भुक्तानीको चेक हस्तान्तरण गरिदिए।
सडकमा पक्की ढलानका लागि गाउँपालिकाले आदर्श निर्माण सेवा गाढा–५ सँग जेठ २५ गते भ्याटबाहेक ३४ लाख १७ हजार रुपैयाँमा सम्झौता गरेको थियो। ठेकेदारले हिलाम्मे सडकमा पक्की ढलान गरिरहँदा पनि चुप बस्नु र सम्झौताअनुसारको रकम भुक्तानी दिनुले कार्यालय प्रमुख, प्राविधिक शाखा प्रमुख, योजना शाखा प्रमुख, लेखा शाखा प्रमुखबीच सेटिङ भएको देखिएको स्थानीय सञ्जय यादवले बताए। ‘सेटिङमा अनियमितता भएको होइन भने गाउँपालिकाले हिलोमा पक्की ढलान गर्न किन दियो,’ यादवले भने, ‘सम्झौताविपरीत काम गर्दा पनि भुक्तानी दिनुले मिलेमतोमा अनियमितता भएको प्रस्ट हुन्छ।’
गाउँपालिकामा कर्मचारी र प्रमुखबीचको सेटिङमा अनियमितता भएको फेहरिस्त नै रहेको यादवले बताए। ‘विपद्, विकास, शिक्षा, स्वास्थ्य सबैमा अनियमिताको चाङ छ तर छानबिन र कारबाही गर्ने निकायको अत्तोपत्तो छैन,’ उनले भने। गाउँपालिकामा अनियमितता गर्ने र ढाकछोप गर्नेको जालो छ।
नियम र कानुनी प्रावधानको धज्जी उडाउँदै भएको र भइरहेको अनियमितताउपर इमानदार छानबिन भए वास्तविकता छताछुल्ल हुने यादवको भनाइ छ। पालिकामा सेटिङमा अटाउने करारका कर्मचारीलाई कानुनी प्रावधान मिचेर जिम्मेवारीमाथि जिम्मेवारी थपिएको पाइन्छ। सेटिङमा नअटाउने निजामती सेवाका स्थायी कर्मचारीलाई समेत जिम्मेवारीविहीन बनाइएको छ।
गाउँपालिका कार्यालयको कर्मचारी दरबन्दीअनुसार प्रमुख प्रशासकीय अधिकृत मात्र छन्। बाँकी कनिष्ठ वा करारमा भर्ना भएका कर्मचारीलाई जिम्मेवारी तोकिएको छ। प्रमुख प्रशासकीय अधिकृत (आठौं तह) को दरबन्दीमा रामकिशोर महतोको पदपूर्ति भएको छ। इन्जिनियर (सातौंरआठौं तह) को दरबन्दीमा छैटौं तहकालाई जिम्मेवारी दिइएको छ। शिक्षा प्रमुखमा (सातौंरआठौं तह) का अधिकृतको दरबन्दीमा कनिष्ठ कर्मचारी (प्राथमिकरआधारभूत तहका शिक्षक) भोगेन्द्र यादवलाई जिम्मेवारी दिइएको छ। प्रशासन प्रमुखमा अधिकृत (सातौंरआठौं तह) को दरबन्दीमा करार प्रक्रियाबाट भर्ना भएका कनिष्ठ कर्मचारी कपिलदेव मण्डललाई जिम्मेवारी दिइएको छ । नागरिक दैनिकमा खबरछ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, ३२ साउन २०७८, ०७ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भ्रष्टाचार आरोपमा नौ जनाविरुद्ध मुद्दा
मधेसमा भ्रष्टाचार: प्रदेश सचिवसहितका कर्मचारीविरुद्ध ५१ करोडको मुद्दा दायर
सुशासनको निम्ति सबैभन्दा पहिला भ्रष्टाचार अन्त्य गर्नुपर्छ : श्रीकृष्णप्रसाद अधिकारी
बी.पी. कोइराला क्यान्सर अस्पतालका वरिष्ठ सहायकविरुद्ध भ्रष्टाचार मुद्दा
सिँचाइ विभागका इञ्जिनियर श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा
भरतपुर क्यान्सर अस्पतालका तत्कालीन असिस्टेन्ट तामाङविरुद्ध भ्रष्टाचार मुद्दा