कस्तो रहला आजको मौसम ?

सफल खबर संवाददाता

सोमबार, ३२ साउन २०७८, ०७ : ३९
कस्तो रहला आजको मौसम ?

काठमाडौं । हाल मनसुनी न्युन चापिय रेखा नेपालको तराई भूभाग नजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण  हाल  देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ ।

यस्तै बिहानै प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भएको छ ।  महाशाखाका अनुसार सोमबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  यस्तै प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना रहेको छ।

यसैगरी राति देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, २, बागमती र गण्डकी प्रदेशका  थोरै स्थानहरुमा मेघ गर्जनभारी वर्षाको सम्भावना रहेको महाशाखाको दैनिक बुलेटिनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस