काठमाडौं । नेकपा एमाले विवाद उत्कर्षमा पुगिरहेका बेला एमाले उपाध्यक्ष समेत रहेका नेता भीम रावल र महासचिव ईश्वर पोखरेलबीच पार्टी एकताबारे छलफल भएको छ ।
आइतबार पोखरेल निवास धुम्वाराहीमा उपाध्यक्ष रावल र महासचिव पोखरेलबीच एक घण्टा छलफल भएको हो । महासचिव पोखरेलका सहयोगी गणेश पाण्डेले दुई नेताबीच छलफल भएको पुष्टि गरे ।
‘उहाँहरुबीच पार्टी एकताबारे झण्डै एक घण्टा छलफल भएको छ’, पाण्डेको भनाइ छ ।
दुई नेताबीच १० बुँदेलाई आधार मानेर पार्टी एकता गर्नुपर्ने बारे छलफल भएको बुझिएको छ । उपाध्यक्ष रावल वरिष्ठ नेता माधवकुमार नेपालको पक्षबाट निरन्तर पार्टी एकताका लागि अध्यक्ष ओली पक्षका नेताहरुसँग संवादमा छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३१ साउन २०७८, १५ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
२५ बुँदे साझा प्रतिबद्धता पारित गर्दै एमाले वाग्मती प्रदेश कमिटीको प्रशिक्षण सम्पन्न
हाम्रो कार्यक्रम कसैको विरोधमा होइन : एमाले
राइड सेयरिङको भाडादरको विषय संसद्मा उठ्यो
एमालेले भन्यो- डा.बद्री केसी नेतृत्वको एनआरएनए नै वैध हो, परराष्ट्र मन्त्रीको निर्णय अवैध
शिक्षक आन्दोलनलाई सरकार ढाल्ने अस्त्र बनाउने प्रयास भयो : एमाले
एमाले र भारतबीच तनाव सृजना गर्ने षड्यन्त्र भइरहेको छः एमाले