शेयर लगानीकर्ताले बुझाए अर्थमन्त्री शर्मालाई ध्यानाकर्षणपत्र

सफल खबर संवाददाता

आइतबार, ३१ साउन २०७८, १३ : १३
शेयर लगानीकर्ताले बुझाए अर्थमन्त्री शर्मालाई ध्यानाकर्षणपत्र

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकर लाई भेटेर शेयर लगानीकर्ताहरुले बजार सुधारका लागि भन्दै ध्यानाकर्षण पत्र बुझाएका छन् । नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेला रौनियारको नेतृत्वमा गएको लगानीकर्ताको टोलिले अर्थमन्त्रीलाई ६ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो ।

लगानीकर्ताहरुले ७५३ वटै स्थानीय तहमा सहज तरिकारले शेयर कारोबार गर्न सकिने व्यवस्था मिलाउनु पर्ने, ब्रोकर कमिशन घटाउनुपर्ने, चालु आर्थिक वर्षदेखि लागू भएको नयाँ पुँजीगत लाभकर घटाउनु पर्ने लगायतका माग लगानीकर्ताहरुले राखेका छन् ।

ध्यानाकर्षणपत्र बुझ्दै अर्थमन्त्री शर्माले शेयर बजारलाई नकरात्मक असर पर्न नदिने गरी नीति निर्देशनका लागि निर्देशन दिने बताएको सेयर लगानीकर्ता संघका उपाध्यक्ष तारा फुल्लेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस