फरार अभियुक्त तीन वर्षपछि पक्राउ

रासस

आइतबार, ३१ साउन २०७८, १२ : ३२
फरार अभियुक्त तीन वर्षपछि पक्राउ

नवलपरासी ।दश वर्षभन्दा बढी कैद सजाय तोकिएका एक फरार अभियुक्तलाई तीन वर्षपछि पक्राउ परेका छन् । नवलपरासी बर्दघाट सुस्तापश्चिम प्रहरीले प्रतापपुर गाउँपालिका–३ सोमनी बस्ने २२ वर्षीय इन्द्रजीत बिनलाई पक्राउ गरेको हो । 

निजलाई नवलपरासी बर्दघाट सुस्तापूर्व नवलपुरको विनयी त्रिवेणी गाउँपालिका-२ बाट पक्राउ गरिएको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिए । \

जिल्ला अदालतले विसं २०७५ जेठ ३० गते लागुऔषध मुद्दामा १० वर्ष एक महिना आठ दिन कैद सजाय र रु एक लाख जरिवानाको फैसला गरेपछि बिन फरार भएका थिए । 
 

प्रतिक्रिया दिनुहोस