रहेनन् धानबाली विशेषज्ञ बस्नेत

रासस

शनिबार, ३० साउन २०७८, १७ : ००
रहेनन् धानबाली विशेषज्ञ बस्नेत

काठमाडौं । वरिष्ठ धानबाली विशेषज्ञ भोलामान सिंह बस्नेतको कोभिड–१९ सङ्क्रमणबाट ७१ वर्षका उमेरमा आज ओम अस्पतालमा निधन भएको छ ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा लामो समयसम्म वरिष्ठ धानबाली विशेषज्ञका रुपमा सेवा पुर्याउनुभएका उनी सेवा निवृत्त भएपछि अन्तर्राष्ट्रिय धान बाली अनुसन्धान केन्द्र (इरी) का अनुसन्धानमा संलग्न रहेका थिए ।

नेपालमा हिउँदे धान खेतीको सुरुवात तथा असार १५ लाई धान दिवसका रुपमा मनाउने निर्णय गराउनमा उनको अथक योगदान रहेको थियो । उनका दुई छोरी र एक श्रीमती रहेका छन् । 

प्रतिक्रिया दिनुहोस