२०७८ सालभित्रै राष्ट्रिय जनगणना सम्पन्न गर्ने तयारी

पत्रपत्रिकाबाट

शनिबार, ३० साउन २०७८, ०७ : ५१
२०७८ सालभित्रै राष्ट्रिय जनगणना सम्पन्न गर्ने तयारी

काठमाडौं । सरकारले २०७८ सालभित्रै राष्ट्रिय जनगणना सम्पन्न गर्ने गरी आन्तरिक तयारी थालेको छ । यसअघि गत जेठ २५ गतेदेखि असार ८ गतेसम्म देशभर एकै पटक राष्ट्रिय जनगणना सञ्चालन गर्ने कार्यतालिका सार्वजनिक गरिएको थियो । 

कोरोनाको सङ्क्रमण दर बढ्दै गएपछि गत वैशाख २० गते बसेको मन्त्रिपरिषद् बैठकले तत्कालका लागि जनगणनाको सबै काम स्थगित गरेको थियो । अहिले पनि कोरोना सङ्क्रमण दर बढ्दै गएकाले यस वर्ष फागुनदेखि चैतभित्र जनगणनाको काम सम्पन्न गर्न सकिने अनौपचारिक छलफल भएको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ ।

 विभागका महानिर्देशक नवीनलाल श्रेष्ठले आगामी चैतसम्ममा सबै नेपालीले खोप लगाइसक्ने र सोही समयभित्र जनगणनाका काम पनि सम्पन्न गर्ने गरी अहिले अनौपचारिक छलफल भएको बताए । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस