रसुवा । स्याफ्रुबेँसीस्थित पुरानो गाउँबस्तीमा आज बिहान घर माथिबाट आएको पहिराका कारण स्थानीय बासिन्दा विस्थापित भएका छन् ।जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान करिब ५ः३० बजे आएको पहिराका कारण दुई स्थानीय बासिन्दा घाइते हुनाका साथै चार घर पूर्णरूपले क्षति भएका हुन् । जिल्लाको पहिलो सदरमुकामसमेत रहेको स्याफ्रुबेँसीस्थित पुरानो बस्तीमा पहिराको जोखिम बढेपछि त्यस क्षेत्रमा बसोबास गर्ने २४ घर परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।
विस्थापितलाई अन्यत्र सार्न गोसाइँकुण्ड गाउँपालिका, जिल्ला विपद् व्यवस्थापन समिति, नेपाल प्रहरीलगायत सुरक्षा निकाय एवं जनप्रतिनिधि जुटिरहेको प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकालले जानकारी दिए।
पहिराका कारण घाइते हुनेमा सोनाम दोर्जे तामाङ र शुकदोर्जे तामाङ छन् । उनिहरुको अवस्था सामान्य रहेको र स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
गाउँमाथिबाट आएको पहिराले स्थानीयवासी कामी तामाङ, राजुलामा, कर्पु लामा र सन्तोष तामाङको घर पूर्णरूपमा क्षति भएको छ । क्षतिको तथाङ्क सङ्कलन गर्ने काम भइरहेको प्रहरी प्रमुख देवेन्द्र पाण्डेले बताए ।
पहिराले घर बस्ती क्षेत्र जोखिममा परेका र घर पूर्णरूपमा क्षति भई विस्थापित भएका २४ घरपरिवारलाई बसोबास र भोजनको व्यवस्थापन गाउँपालिकाका तर्फबाट गरिने जनाउँदै गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङले व्यवस्थापकीय कार्यमा आवश्यक जनशक्ति परिचालन गराई पूर्वतयारी भइरहेको र साँझसम्म विस्थापितलाई आवश्यकपर्ने सम्पूर्ण आधारभूत व्यवस्थापन भइसक्ने बताए ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, २९ साउन २०७८, १४ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिन्धुपाल्चोकको कोदारीमा पहिरो: अरनिको राजमार्ग अवरुद्ध
पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध
पहिरोले अवरुद्ध वीपी राजमार्ग सञ्चालनमा
पर्वत पहिरो अपडेट : श्रीमानको शव फेला, श्रीमती खोजी जारी
पर्वतमा पहिरोले घर पुरिँदा दम्पती बेपत्ता
पहिरोले कागबेनी-कोरला सडक अवरुद्ध