रक्सौल–काठमाडौं रेलमार्गको अध्ययन हुँदै

पत्रपत्रिकाबाट

शुक्रबार, २९ साउन २०७८, ०८ : २८
रक्सौल–काठमाडौं रेलमार्गको अध्ययन हुँदै

काठमाडौं । सरकारले रक्सौल–काठमाडौं रेलमार्गको अध्ययन सुरु गरेको छ । पूर्व सम्भाव्यता अध्ययन गरिसकेको सरकारले विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) अर्थात् फाइनल लोकेशन सर्भे गर्न लागेको हो । यसका लागि नेपाल सरकार र भारत सरकारबीच सम्झौताको तयारी समेत अघि बढेको छ ।

सम्झौताका लागि पूर्व तयारी भइसकेको गरिसकेको रेल विभागका महानिर्देशक दीपक भट्टराईले जानकारी दिए । उनले भने, “भारत सरकारकै लागतमा फाइनल लोकेशन सर्भे गर्न लागिएको हो । भारतीय रेल्वे कम्पनीको एउटा गाइडलाइन रहेको छ, त्यसको आधारमा सर्भ गर्न लागिएको हो ।”

सरकारले पूर्णता प्राप्त नगरेको र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पनि मन्त्रीविहीन भएकाले गर्दा कहिले कुन मितिमा सम्झौता हुन भन्ने मिति तय नभएको जनाइएको छ । कारोबार दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस