बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्रदेशलाई विकासको नमुना बनाउने प्रतिबद्धता गरेका छन् ।
विकास, लोकतन्त्र र संघीयतालाई व्यवहारमै कार्यान्वयनमा लैजाने उनको भनाइ थियो । प्रदेशसभामा अहिलेसम्म देखिएका संवैधानिक र कानुनी अड्चन फुकेको बताउँदै उनले भने, ‘छोटो समय छ तर नमुना काम गर्नेछु ।’
उनको समयावधि जम्मा ८ महिना छ । ८ महिनापछि कांग्रेसबाट मुख्यमन्त्री बन्नेछन् । माओवादी केन्द्र र कांग्रेसबीच ८-८ महिना आलोपालो गर्ने गरी सहमति भएको छ । उनका अनुसार गठबन्धनले साझा कार्यक्रम बनाएर परिवर्तनमुखी काम गरिनेछ ।

प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, २८ साउन २०७८, १९ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाद्वारा लुम्बिनीका पाँच जिल्लामा नयाँ नेतृत्व चयन
लुम्बिनीमा एमालेका चार मन्त्रीले दिएको राजीनामा स्वीकृत
लुम्बिनी प्रदेशसभा बैठक बस्दै, वार्षिक नीति तथा कार्यक्रम पेस गरिने
लुम्बिनीका मुख्यमन्त्री आचार्य र बेलायतीमन्त्री मल्होत्राबीच भेटवार्ता
लुम्बिनीमा सचिवहरूको जिम्मेवारी हेरफेर
बुद्धजयन्तीमा प्रधानमन्त्री शाह लुम्बिनी जाने, सम्बोधन नगर्ने