वर्ष दिनपछि एकजनामा देखियो कोरोना, पुरै शहर लकडाउन

एजेन्सी

विहीबार, २८ साउन २०७८, १३ : ०३
वर्ष दिनपछि एकजनामा देखियो कोरोना, पुरै शहर लकडाउन

अस्ट्रेलिया । अस्ट्रेलियाको राजधानी क्यान्बेरामा एक सातासम्म लकडाउन हुने भएको छ । वर्ष दिनभन्दा लामो समयपछि एकजना संक्रमित भेटिएसँगै स्थानीय समयअनुसार साँझ ५ बजेबाट लकडाउन गर्न लागिएको हो ।  

संक्रमितमा कसरी कोरोना भेटियो भन्ने विषयमा अधिकारीहरु स्पष्ट हुन नसकेका कारण शहरको पुरै इलाकामा लकडाउन गरिएको हो । लकडाउन अवधिमा मानिसहरु अत्यावश्यक कारणबाहेक घरबाहिर निस्कन पाउने छैनन् । लकडाउन हुने तय भएसँगै सुपर मार्केटहरुमा किनमेल गर्ने मानिसको भीड बढेको छ । 

अष्ट्रेलियामा  पछिल्लो समय अति संक्रामक डेल्टा भेरियन्ट फैलनसक्ने त्रास छ । यहाँका दुईवटा शहर सिड्नी र मेलवर्नमा यो भेरिएन्ट फैलिसकेको छ, यी शहरहरु कडा लकडाउनमा छन् । 

प्रतिक्रिया दिनुहोस