काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मुख्यमन्त्रीबाट राजीनामा नदिई प्रदेश सभाको सामना गर्ने भएका छन् । उनले बिहान क्याबिनेट बैठक राखेर राजीनामा नदिर्इ संसदको फेस गरेर जाने बताएका हुन् ।
हामीले किन राजीनामा दिने, संसदमा जाने, जे आईपर्छ, त्यसको सामना गरेर जाने हो, राजीनामा दिएर हिडने कुरा छैन, मुख्यमन्त्रीको भनार्इ उदधृत गर्दै एक मन्त्रीले भने । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री भोज प्रसाद श्रेष्ठले पनि मुख्यमन्त्रीले राजीनामा नदिने बताए ।
उनले भने, –‘मुख्यमन्त्रीले राजीनामा दिनुहुन्न, जे पर्छ सम्वैधानिक प्रक्रिया अनुसार संसदमै सामना गर्नुहुन्छ, संसदको प्रक्रियामा सहभागी हुन्छौं ।’ क्याबिनेट बैठक पछि अहिले एमाले संसदीय दलको बैठक चलिरहेको छ । दलको बैठकले पनि अब प्रक्रियाको सामना गरेर जाने विषयमा छलफल गर्ने बताईएको छ । अहिले दलको बैठक बसिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २७ साउन २०७८, ०९ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजनीतिमा नयाँ र पुराना हैन, एजेण्डाको अर्थ हुन्छ : महासचिव पोखरेल
नेतृत्वका लागि प्रतिस्पर्धा हुनु लोकतन्त्रको असल अभ्यास: शंकर पोखरेल
आज भोट हाल्न आउनेलाई खाजा र खानाको व्यवस्था हुन्छ : शंकर पोखरेल
हामी सबै जुट्नेछौँ, हामी सबै जित्नेछौँ : शंकर पोखरेल
एमाले कमजोर भएको छैन, अझ शक्तिशाली भयो: शंकर पोखरेल
‘एमालेमा दलितको भोट चल्दैन’ भन्ने भ्रामक प्रचार गर्न खोजिँदै छ : शंकर पोखरेल