काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मुख्यमन्त्रीबाट राजीनामा नदिई प्रदेश सभाको सामना गर्ने भएका छन् । उनले बिहान क्याबिनेट बैठक राखेर राजीनामा नदिर्इ संसदको फेस गरेर जाने बताएका हुन् ।
हामीले किन राजीनामा दिने, संसदमा जाने, जे आईपर्छ, त्यसको सामना गरेर जाने हो, राजीनामा दिएर हिडने कुरा छैन, मुख्यमन्त्रीको भनार्इ उदधृत गर्दै एक मन्त्रीले भने । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री भोज प्रसाद श्रेष्ठले पनि मुख्यमन्त्रीले राजीनामा नदिने बताए ।
उनले भने, –‘मुख्यमन्त्रीले राजीनामा दिनुहुन्न, जे पर्छ सम्वैधानिक प्रक्रिया अनुसार संसदमै सामना गर्नुहुन्छ, संसदको प्रक्रियामा सहभागी हुन्छौं ।’ क्याबिनेट बैठक पछि अहिले एमाले संसदीय दलको बैठक चलिरहेको छ । दलको बैठकले पनि अब प्रक्रियाको सामना गरेर जाने विषयमा छलफल गर्ने बताईएको छ । अहिले दलको बैठक बसिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २७ साउन २०७८, ०९ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारको प्रतिरक्षामा सभामुख उत्रिनु उचित होइन : शंकर पोखरेल
'‘जान्नेलाई छान्ने’ नारा पाखण्ड र भ्रष्टताको संस्थागत रूप' : शंकर पोखरेल
'अब जनताले भन्नुपर्ने अवस्था आयो–भो, यस्तो सुशासन चाहिँदैन : शंकर पोखरेल
राज्य सञ्चालनका नाममा प्रतिशोध र पूर्वाग्रही व्यवहार देखियो : शंकर पोखरेल
‘पछिल्ला निर्वाचन परिणामलाई वामपन्थी शक्तिको पराजयका रूपमा व्याख्या गर्नु उपयुक्त हुदैन्’ : शंकर पोखरेल
अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि तथ्यमा आधारित नीति आवश्यक : शंकर पोखरेल