अन्ततः शंकर पोखरेलले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीबाट राजीनामा दिदै

सफल खबर संवाददाता

बुधबार, २७ साउन २०७८, ०९ : ००
अन्ततः शंकर पोखरेलले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीबाट राजीनामा दिदै

बुटवल । जे गर्दा पनि अब सरकार टिकाउन नसक्ने देखेपछि अन्तिम समयमा लाजघाज पचाएरै भएपनि मुख्यमन्त्री शंकर पोखरेलले मुख्यमन्त्री पदबाट राजीनामा दिने तयारी गरेका छन् । प्रदेश सभामा अल्पमतमा रहेपनि आफनो एकल बहुमत रहेको देख्दै दुनियाँ हास्ने भद्दा मजाक गर्दै सत्ता छोडन आनाकानी गरिरहेका मुख्यमन्त्री पोखरेलको केही जोर नचलेपछि अन्ततः राजीनामा दिने तयारीमा लागेका हुन् ।

आजै दिउँसो १ बजे प्रदेश सभाको बैठकमा उनी विरुद्ध प्रदेश सभामा दर्ता भएको अविश्वास प्रस्तावमाथी छलफल हुने भएपछि उनी अविश्वास प्रस्ताव फेस गर्नु भन्दा त्यस अगाडी नै राजीनामा दिने तयारीमा लागेको एमाले स्रोतले बताएको छ । त्यसका लागि एमाले प्रदेश सभा दलको बैठक अहिले वुटवलमा शुरु भएको छ । लुम्बिनी एमाले संसदीय दलको बैठकपछि पोखरेलले राजीनामा दिन लागेको एमालेका एक नेताले बताए ।

पोखरेलले संसदमा आफु अल्पमतमै रहेपनि विपक्षी गठबन्धनको पनि संसदमा बहुमत कायम गर्नका लागि आवश्यक पर्ने ४१ जनाको संख्या पुग्न नदिन अनेक तिकडमवाजी गरेका थिए । त्यसमा पनि कामयावी हुन नसकेपछि अन्ततः उनी राजीनामाको मनस्थितीमा पुगेका हुन् । उनले संसदीय दलको बैठकमा यस बारेमा जानकारी दिने र त्यसपछि राजीनामा दिने तयारी गरेको एमालेका ति नेताले बताए ।

विपक्षी गठबन्धनका एक जना सांसद खोसेर ४१ जना पुग्न नदिने रणनीतमिा जुटेका मुख्यमन्त्री पोखरेलले नेकपाबाट चुनाव जितेका विमला वलीलाई आफ्नै निवासमा ४ दिन बन्धक समेत बनाई जर्बजस्ती एमालेमै रहेको वक्तब्यवाजी दिन लगाएका थिए । तर उनको योजना त्यो पनि कामयावी हुन सकेन् । मुख्यमन्त्री निवासबाटै बिमलाले ट्वाइलेटमा प्रयोगका लागि राखिएको चप्पलै लगाएर मुख्यमन्त्री निवासवाट फुत्किएर माओवादी दलको सम्पर्कमा पुगेपछि पोखरेलको योजनामा ब्रेक लागेको हो ।

त्यसो त उनले विपक्षी गठबन्धनका कुनै एक नेतालाई विभिन्न् प्रलोभन दिएर सत्ता टिकाउने प्रयत्न पनि नगरेका होइनन् । तर विपक्षी गठबन्धनले पोखरेलले सत्ता टिकाउन गर्ने जुनुकनै हत्कन्डा पनि प्रयोग हुन नदिन आफना सांसदलाई एकै ठाउमा केन्द्रीत गरेपछि उनी सँग विकल्प सकिएको थियो । त्यसपछि उनी राजीनामा दिने तयारीमा लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस