दश लाख नक्कली रुपैंया सहित तिनजना पक्राउ

सफल खबर संवाददाता

मंगलबार, २६ साउन २०७८, ०८ : ०४
दश लाख नक्कली रुपैंया सहित तिनजना पक्राउ

गौर । रौतहट प्रहरीले करिब दश लाख नक्कली रुपैयाँसहित तीन जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा धनुषाको बटेश्वर गाउँपालिका ४ का ३८ वर्षीय शत्रुधन बरइ ठाकुर, महोत्तरी बर्दीबास नगरपालिका ९ का ३० वर्षीय रन्जित महतो र महोत्तरीकै भंगाहा नगरपालिका ४ का २५ वर्षीय दीपेन्द्रकुमार महतो रहेको रौतहट प्रहरीले जनाएको छ।  

भारतबाट नेपाल प्रवेश गरेका तीनै जनालाई ईशनाथ नगरपालिका ४ स्थित कालीमन्दिर नजिकबाट ९ लाख ९३ हजार रुपैयाँ नक्कली नोटसहित रौतहट प्रहरीले नियन्त्रणमा लिएको हो।  पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

प्रतिक्रिया दिनुहोस