प्रधानमन्त्री देउवाद्वारा मन्त्रिपरिषद बैठक आह्वान

सफल खबर संवाददाता

सोमबार, २५ साउन २०७८, १४ : १८
प्रधानमन्त्री देउवाद्वारा मन्त्रिपरिषद बैठक आह्वान

फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद बैठक बोलाएका छन् ।

CG Developers Tansen Cement box

सोमबार दिउँसो ३ बजे सिंहदरबारमा बस्नेगरी मन्त्रिपरिषद बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । आजको मन्त्रिपरिषद बैठकमा हिजो मात्रै सरकारले सार्वजनिक गरेको साझा कार्यक्रममाथि छलफल गर्नुका साथै त्यसको कार्यान्वयनका लागि आवश्यक निर्णय गर्नेछ ।

साथै बैठकमा केही राजनीतिक नियुक्तिबारे समेत छलफल हुनसक्ने एक मन्त्रीले बताए । ‘बैठकका एजेण्डा खुलाइएको छैन । नियमित कामका लागि केही महत्वपुर्ण निर्णय हुनसक्छन्’ ती मन्त्रीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस