काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई निर्वाचन आयोगसँग भीख माग्ने अवस्थामा पुर्याइएको बताएका छन् । उनले त्यसका लागि सभापति शेरबहादुर देउवाको असफलता र लापरबाहीका कारण यस्तो अवस्था आएको औंल्याएका छन् ।
आज बिहान सामाजिक संजाल मार्फत विचार राख्दै भनेका छन्,‘पार्टी विधानले चार वर्षको कार्यकाल तोकिएको छ । असाधारण परिस्थिति भनेर एक वर्ष थपियो । देशको संविधानलाई समातेर छ महिना बढाइयो । आज आएर त्यसभित्र पनि महाधिवेशन नगरेर नेपाली कांग्रेसलाई निर्वाचन आयोग संग भीख माग्ने निरीह अवस्थामा पुर्याइएको छ यहाँ भन्दा वर्तमान नेतृत्वको चरम असफलता र लापरबाही अरु के हुन्छ ?’
काँग्रेसले आगामी भदौ १६–१९ का लागि तय गरेको १४ औं महाधिवेशन सर्ने अवस्थामा पुगेपछि पौडेल सभापति देउवामाथि खनिएको देखिन्छ । साउन १२ बाट सुरु गर्ने भनेको तल्लो तहको अधिवेशन प्रभावित भएपछि काँग्रेस महाधिवेशन अनिश्चित बनेको छ । अहिलेसम्म नयाँ कार्यतालिका पनि ल्याउन काँग्रेसले सकेको छैन ।
पौडेलले भनेका छन्, ‘सर्वत्र असफल व्यक्तिहरु वारम्वार सत्ता समाल्न पुग्छन् ।’ २८ गते बस्ने केन्द्रीय कार्यसमिति बैठकमा नयाँ कार्यतालिका ल्याउने गरी नेताहरुले तयारी गरिरहेका छन् । भदौ २३ उता महाधिवेशन सार्न कानुनी बाध्यता खडा भएकाले निर्वाचन आयोगसँग परामर्श गरी नयाँ कार्यतालिका ल्याउन काँग्रेस नेताहरु जुटेका छन् । तर पौडेलले भदौ २३ भित्र विशेष महाधिवेशन गरेर भएपनि पार्टीको वैधानिकता जोगाउन लाग्नुपर्ने प्रस्ताव गरेका थिए ।
पौडेलले संविधानले दिएको ५ वर्ष ६ महिनाको समयभित्र पनि महाधिवेशन सम्पन्न गर्न नसक्नु देशकै विडम्बना भएको बताए । पौडेलले देउवा सर्वत्र असफल भएको भन्दै उनको सत्तारोहणप्रति पनि असन्तुष्टि पोखेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २५ साउन २०७८, ०८ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शीतल निवासमा सुरक्षा निकायको ब्रिफिङ- ‘निर्वाचनका लागि सुरक्षा व्यवस्था मिलाउन तयार छौँ’
राष्ट्रपति पौडेलले भने-‘गिरिजाप्रसाद कोइराला क्रान्ति र शान्तिको नेता’
‘प्रदेशको सफलता नै गणतन्त्रको सफलता’ : राष्ट्रपति पौडेल
राष्ट्रपति पौडेलसँग सातै प्रदेशका प्रदेश प्रमुखको भेट
तुर्कियका लागि नेपालको गैरआवासीय राजदूतमा धिताल नियुक्त
सहकारी समस्याबारे राष्ट्रपतिको चासो