सकियो ओलम्पिक : अमेरिका शीर्ष स्थानमा

सफल खबर संवाददाता

आइतबार, २४ साउन २०७८, १८ : २७
सकियो ओलम्पिक : अमेरिका शीर्ष स्थानमा

काठमाडौं । जुलाई २३ देखि जापानको टोकियो सुरु भएको टोकियो ओलम्पिक २०२० आइतबार सकिएको छ । ह्यान्डबल, साइक्लिङ, बास्केटबल, भलिबल लगायतको फाइनलसँगै सबै स्पर्धा सकिएका हुन् ।

अहिले टोकियोमा ओलम्पिकको समापन समारोह चलिरहेको छ । यो ओलम्पिकमा ३९ स्वर्ण, ४१ रजत र ३३ कास्य पदकसहित अमेरिका शीर्ष स्थानमा रहँदा चीन दोस्रो भयो ।

चीनले ३८ स्वर्ण, ३२ रजत र १७ कास्य पदक जितेको थियो । आयोजक राष्ट्र जापानले २७ स्वर्ण, १४ रजत र १७ कास्यसहित तेस्रो स्थान हासिल गर्दा नेपालको ओलाम्पिक यात्रा सहभागितामै सीमित भएको थियो ।


 

प्रतिक्रिया दिनुहोस