जनपत्रकार संगठन चितवनमा नयाँ नेतृत्व चयन, देशमा भएका विकृति र विसङ्गति विरुद्ध कलम चलाउन पत्रकारलाई आग्रह

प्रकाश सिग्देल

शनिबार, २३ साउन २०७८, १७ : २६
जनपत्रकार संगठन चितवनमा नयाँ नेतृत्व चयन, देशमा भएका विकृति र विसङ्गति विरुद्ध कलम चलाउन पत्रकारलाई आग्रह

चितवन । जनपत्रकार संगठन नेपाल जिल्ला समिति चितवनको दोस्रो जिल्ला सम्मेलनले होमनाथ न्यौपानेको अध्यक्षतामा १३ सदस्य नया कार्यसमिति चयन गरेको छ । नेपाल कम्युनिष्ट पार्टी चितवन जिल्ला इन्चार्ज तथा केन्द्रिय सदस्य सन्देश पौडेलको प्रमुख आतिथ्यतामा भएको जिल्ला सम्मेलनले न्यौपानेको अध्यक्षतामा १३ सदस्य समिति चयन गरेको हो ।

जसको उपाध्यक्षमा प्रकाश सिग्देल र सुर्य बराल, सचिवमा सुरज शर्मा, सहसचिवमा बासुदेव आचार्य र कोषाध्यक्षमा जेसिका पुलामी रहेका छन् । त्यस्तै सदस्यहरुमा आरती सापकोटा, अर्जुन चौधरी, शुक्रराज आचार्य, समिर मल्ल, जुना पौडेल र स्मृति खतिवडा रहेका छन् त्यस्तै प्रकाश आचार्यलाई सल्लाहकारमा मनोनयन गरेको छ ।

कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि पार्टी जिल्ला इन्चार्ज सन्देश पौडेलले पत्रकारहरुले जनताको पक्षमा कलम चलाउदै आम नागरिकलाई सुसुचित बनाउन पर्नेेमा जोड दिए ।

शिक्षा स्वास्थ्य लगायतका धेरै ठाउँमा भएका विसंगति र बेथितीका विरुद्ध ससंक्त आवाज उठाउनु पर्ने उनको आग्रह थियो । पार्टीको एजेन्डाहरुलाई आम मानिसमा स्थापित गर्न पनि पत्रकारले महत्वपुर्ण भुमिका खेल्नु पर्ने उनको भनाई छ । त्यस्तै जनपत्रकार संगठन केन्द्रिय अध्यक्ष शेरबहादुर बिकले आवाज बिहिनहरुको आवाज बोल्ने गरी जनपक्षिय पत्रकारीता गर्न पत्रकारहरुलाई आग्रह गरे । आफुहरुले अहिले देशैभरी संगठन बिस्तार गर्ने कार्यक्रम गरिरहेको र चितवनमा बनेको नयाँ टिमले देशभरि नै राम्रो सन्देश प्रवाह गर्ने उनकोे भनाई छ ।

नेकपा बिशेष कमिटिको सेक्रेटरी महेस चौधरीले नेकपाले लिएको एजेण्डा आम मानिसको हितमा भएकाले पार्टीको योजना र नीति लाई आम मानिसमा प्रवाह गर्न जनपत्रकार संगठनले महत्वपुर्ण भुमिका खेल्ने बताए । कार्यक्रममा पार्टी जिल्ला सचिव मिन प्रसाद सापकोटा पत्रकार महासंघ चितवनका उपाध्यक्ष प्रकाश ज्ञावली, प्रेस चौतारी चितवनमा उपाध्यक्ष कृष्ण आचार्य, प्रेस युनियनका उपाध्यक्ष सुर्य अधिकारी लगाएतले आफनो धारणा राखेका थिए । कार्यक्रम सम्मेलन आयोजक समितिका संयोजक सुर्य बरालको अध्यक्षतामा भएको हो । 

प्रतिक्रिया दिनुहोस