टोकियो ओलम्पिक : महिला फुटबलमा क्यानडाले जित्यो स्वर्ण पदक

एजेन्सी

शुक्रबार, २२ साउन २०७८, २१ : ३६
टोकियो ओलम्पिक : महिला फुटबलमा क्यानडाले जित्यो स्वर्ण पदक

काठमाडौं । महिला फुटबल अन्तर्गत टोकियो ओलम्पिकमा क्यानडाले स्वर्ण पदक जितेको छ । शुक्रबार भएको फाइनलमा स्विडेनलाई पेनाल्टी सुटआउटमा ३–२ गोल अन्तरले पराजित गर्दै क्यानडाले स्वर्ण पदक जितेको हो ।

निर्धारित ९० मिनेट र अतिरिक्त समय १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पहिलोपटक उपाधि जितेको क्यानडाले पेनाल्टीमा आफूलाई बलियो सावित गर्‍यो ।

पेनाल्टीमा क्यानडाकी जेस्सी फ्लिमीङ, रोस डेनी र जुलिया ग्रोस्सोले गोल गर्न सफल भइन् । यता स्विडेनकी नाथलिया र ओलिभियाले गोल गरिन् ।

पेनाल्टीअघि ३४ औँ मिनेटमा स्टिना ब्लाक्सटेनिउसले गोल गर्दै स्विडेनलाई अग्रता दिलाएकी थिइन् । जेस्सी फ्लिमीङले खेलको ६८ औँ मिनेटमा पेनाल्टीमा गोल गर्दै क्यानडालाई १–१ गोलको बराबरीमा ल्याएकी थिइन् । 
 

प्रतिक्रिया दिनुहोस