मौसममा आधारित जलबायु अनुकुलन खेती प्रणालीको विकास गर्दै इसिमोड,चितवनका ४ पालिकाले पाए ४३ इन्चको एलईडी मोनिटर

प्रकाश सिग्देल

शुक्रबार, २२ साउन २०७८, १९ : ३४
मौसममा आधारित जलबायु अनुकुलन खेती प्रणालीको विकास गर्दै  इसिमोड,चितवनका ४ पालिकाले पाए ४३ इन्चको एलईडी मोनिटर

चितवन । अन्तराष्ट्रिय एकिकृत प्रवतिय बिकास केन्द्र ईसिमोडले चितवनमा मौषममा आभारित जलबायु अनुकुलन खेति प्रणालीको विकासका लागी काम गरिरहेको छ । बिगत ६ महिना अगाढी देखि बागमती प्रदेश कृषि बिकास मन्त्रालय संग सहकार्य गरी फरवार्ड नेपाल लाई स्थानिय साझेदार बनाएर ईसिमोडले स्थानिय किसानको दिगो बिकास र गरिबि न्युनिकरणका लागी यस्तो परियोजना संञ्चालन गरेको हो ।

सिधै किसानको मोबाईलमा पुग्नेछ मौषम सम्बिन्धि पुर्व सुचना : डा श्रेष्ठ

जलबायु परिर्वतनका कारण भएको विश्वब्यापी असरबाट हुने क्षतीलाई घटाउन जलवायु अनुकुलनका उपाएहरु पहिचान गरी मौषम पुर्वानुमानका आधारमा सुचना संकलन गरी किसानलाई जानकारी प्रबाह गर्दै उत्पादन र उत्पादकत्व बढाउने मुख्य उदेस्य सहित ईसिमोडले चितवनमा काम गरेको ईसिमोडकी कार्यक्रम संयोजक डा. मन्दिरा सिङ श्रेष्ठले बताईन ।

आफुहरुले किसानलाई प्राबिधिक ज्ञान सहित मौषममा आधारीत सुचना प्रवाह गरी बालि संरक्षण र कृषि प्रवर्दनमा महत्वपुर्ण काम गरेको डा श्रेष्ठ बताउछिन् । आफुहरुले स्थानिय तहहरुलाई बिद्युतिय सुचना पाटि समेत हस्तान्तरण गर्ने देखि अरु सचेतनाका कार्यक्रमहरु प्रदान गरी स्थानिय सरकार र किसनलाई लाई प्राबिधिक तथा अन्य ज्ञान प्रबाह गरीरहेको डा श्रेष्ठ बताउछिन् ।  

यसले खेतिबाली ब्यवस्थापनमा महत्वपुर्ण योगदान गर्छ : ज्ञान केन्द्र प्रमुख ढकाल

ब्यवसायीक कृषि प्रवर्दनका लागी मौषममा आधारीत सुचनाको आधारमा किसानलाई दिने परामर्श महत्वपुर्ण मानिने भएकाले यहि कार्यक्रम गर्ने उद्देश्य सहित ईसिमोडले आफुहरुसंग सहकार्य गरेर काम गरिरहेको कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालले बताए ।

यो कार्यक्रमले मौषममा आधारीत सुचनालाई आधार मानेर खेतिपाति ब्यवस्थापन, जमिनको तयारी र बजार ब्यवस्थापनका लागी महत्वपुर्ण ज्ञान दिन सक्ने ढकालको भनाई छ । यहा आर्थिक र प्राबिधिक पक्ष सबै ईसिमोडले गरेको र किसानलाई सुचना प्रदान गर्न मोवाईल एप्स र सफट्वयर समेत निमार्ण गरेर काम अगाढी बढेको ढकालको भनाई छ ।

यो परियोजना कार्यन्वयनको स्थानिय साझेदार फरवार्ड नेपाल रहेको र अहिले किसानहरुको तथ्याकं संकलन देखी उनिहरुलाई यस सम्बन्धि प्राबिधिक ज्ञानहरु प्रदान गर्ने निर्देशक तथा प्राबिधिक समिति निमार्ण गर्ने देखि अरु धेरै कामहरु भईराखेको फरवार्ड नेपालका कार्यकारी निर्देशक नेत्र प्रसाद सेनले बताए ।  

कार्यक्रम प्रभाबकारी बनाउन निर्देशक समिति गठन

यहि परियोजनालाई प्रभावकारी बनाउन जिल्लामा जिल्ला समन्वय समितिका प्रमुख कृष्ण कुमार डल्लाकोटीको संयोजकत्वमा परियोजना निर्देशक समिति समेत गठन भएको छ । यसमा सदस्य सचिवमा कृषि ज्ञान केन्द्र प्रमुख रहने ब्यवस्था छ ।

निर्देशक समितिले कार्यक्रम कार्यन्वयनका लागि नितिगत निर्देशन दिनका साथै परियोजनाको समिक्षा र पृष्ठपोषण गर्ने यसको उपलब्धि र सिकाईलाई अन्य ठाउमा बिस्तार गर्न सहयोग गर्ने, निति निमार्ण हुदा जलबायु सुचना सेवा लाई समाबेश गराउन पहल गर्ने भुमिका खेल्ने कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालले बताए ।

किसानका लागी यो कार्यक्रम धेरै प्रभावकारी छ  : मेयर चौधरी

खौरहनी नगरपालिकाका मेयर लालमणी चौधरीले मौषम सम्बन्धि पुर्व सचेतना किसानलाई दिन सके यसले कृषि क्षेत्रमा हुन सक्ने सम्भावित नोक्सान धेरै घटाउन सकिने बताए ।किसानको उत्पादन सुरक्षित गर्ने देखि बिउ उत्पादन र लगाउने देखीका धेरै काममा यो प्रणालिको बिकासले किसानलाई धेरै सहज पुुग्ने भएकाले ईसिमोडले जिल्लामा गरेको काम धेरै प्रभावकारी भएको बताए ।यो कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यनवयन गर्न आफनो पुर्ण रुपमा सहयोग र साथ रहने उनको भनाई थियो ।

यो परियोजनाले किसानलाई स्मार्ट बनाउँछ : समन्वय प्रमुख डल्लाकोटी

त्यस्तै निर्देशक समितिका संयोजक जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्ण कुमार डल्लाकोटीले कृषिमा आत्मनिर्भर बनाउनका लागी किसानलाई यो सुचना  प्रणालिको आवस्यक रहेको र यसले किसानलाई स्मार्ट बनाउनका साथै यो सुचना प्रणालीको प्रभावकारी परिचालन र प्रयोग गर्न सके जिल्लामा उत्पादकत्वमा बृद्धि हुने र किसानको आर्थिक स्थितिमा पनि धेरै राम्रो सहयोग मिल्ने बताए ।यसलाई प्रभाबकारी बनाउन सबै संयन्त्रहरुको सहि परिचालन गरि अगाडि बढ्ने र किसानलाई कृषि पेशामा थप ब्यवसायीक बनाउने डल्लाकोटी बताउछन् ।

स्थानिय तहलाई बिद्युतिय उपकरण हस्तान्तरण

ईसिमोडले कृषि ज्ञान केन्द्र र यहाँका ४ नगरपालिका लाई बिद्युतिय सामाग्री हस्तान्तरण गरेको छ । किसानलाई पुर्व सुचना  सम्बन्धि ज्ञान प्रवाह गर्न सहजताका लागी माडी नगरपालिका,कालिका नगरपालिका खैरहनी नगरपालिका र रत्ननगर नगरपालिका लाई ४३ ईन्चको एल ई डि मोनिटर हस्तान्ततरण गरेको हो ।

त्यस्तै कृषि ज्ञान केन्द्र लाई ल्यापटप र डेक्सटप हस्तान्तरण गरेको छ ।यसले किसानलाई सुचना प्रवाह गर्न सहजता हुने अपेक्षा गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस