लागुऔषध ब्राउन सुगरसहित २ जना पक्राउ

सफल खबर संवाददाता

शुक्रबार, २२ साउन २०७८, १३ : ४१
लागुऔषध ब्राउन सुगरसहित २ जना पक्राउ

बर्दिया । ९ सय ३० मिलिग्राम लागुऔषध ब्राउन सुगरसहित प्रहरीले बर्दीयाको गुलरिया नगरपालिकाबाट २ जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा गुलरिया नगरपालिका–४ का २१ वर्षीय सन्तोष भट्टराई र गुलरिया नगरपालिका– ७ का २२ वर्षीय अर्जुन सुनार छन् ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रवक्ता डिएसपी हेमबहादुर शाहीका अनुसार गुलरिया नगरपालिका स्थित गुलरिया–नेपालगञ्ज सडकमा शंकास्पद रुपमा हिडिरहेको अवस्थामा चेकजाँच गर उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका उनिहरुमाथि थप अनुसन्धान भइरहेको डिएसपी शाहीले बताए ।

प्रतिक्रिया दिनुहोस