चितवन । चितवन राष्ट्रीय निकुञ्जका पोष्टमा बैशाख १ गतेदेखि माछा नपाक्ने भएको छ । खोलाका मात्रै नभएर पोखरीका माछा पनि पकाउन नपाइने निकुञ्जले जानकारी दिएको छ ।
निकुञ्जमा हजार बढी सेना र ३५० बढी प्रशासनिक कर्मचारी छन् । माछा गोहीको आहारा हो । गोही जोगाउन निकुञ्जले वर्षौदेखि विविध कामहरू गर्दै आएको छ । यस्तो बेलामा निकुञ्जका कर्मचारी र सुरक्षाकर्मीले माछा खानु ठिक नहुने ठानेर यो निर्णय भएको निकुञ्जले जानकारी दिएको छ ।
निकुञ्जले खोला नालामा माछा मार्न पनि कडाइ गरेको छ । अरूलाई माछा मार्न कडाइ गर्ने तर आफै खाने ठिक नहुने देखेर यस्तो निर्णय गरिएको निकुञ्जले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस