नवलपरासी । भन्सार छलेर जिल्ला भित्र्याउँदै गरेका विभिन्न कम्पनीका रु ७८ लाख मूल्य बराबरका मोबाइल सेट प्रहरीले बरामद गरेको छ ।
पूर्वपश्चिम राजमार्गस्थित नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–१ बाट विभिन्न कम्पनीका ५९५ थान मोबाइल सेट बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए ।
दुम्किबासमा बरामद गरिएको मोबाइलको बजार मूल्य करिब रु ७८ लाख पर्ने जानकारीमा आएको गिरीको भनाइ छ । इलाका प्रहरी कार्यालय दुम्किबासबाट खटिएको प्रहरीले बिहीबार राति पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२३–च–५५४४ नम्बरको कारमा सुरक्षा जाँच गर्ने क्रममा अवैधरूपमा जिल्ला भित्र्याइँदै गरेका मोबाइल बरामद गरिएको गिरीले जानकारी दिए । भन्सार छलेर ल्याइएका मोबाइल आजै भन्सार कार्यालय पठाइने उनको भनाइ छ ।
भन्सार छलेर मोबाइल ल्याउने चितवनको भरतपुर महानगरपालिका–८ का अर्जुन ढकाल र भरतपुर–२१ का इन्द्रलाल श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरु दुवैलाई दुम्किबास प्रहरीको हिरासतमा राखिएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, २२ साउन २०७८, ११ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
भन्सार दरको तह घटाइयो, ११ तहको भन्सार दर ७ तहमा सीमित
भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी
मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन
एमआरपी विवादले वीरगञ्ज भन्सार जाँचपास प्रभावित, व्यवसायीको असहयोग
वीरगञ्ज भन्सारद्वारा नौ महिनामा एक खर्ब ७७ करोड राजस्व सङ्कलन