५ हजार बिरुवामा पहिलो पटक पाक्यो ५ वटा ड्रागन फल, कृषि अधिकारीलाई चखाएर मनाईयो खुसियाली

प्रकाश सिग्देल

विहीबार, २१ साउन २०७८, १९ : ०८
५ हजार बिरुवामा पहिलो पटक पाक्यो ५ वटा ड्रागन फल, कृषि अधिकारीलाई चखाएर मनाईयो खुसियाली

चितवन । सस्यवेदा साईन्स एण्ड एग्री कल्चर फार्म हाउस भनपा ७ प्रेमवस्तिमा अघिल्लो वर्ष रोपेको ड्रागनका बिरुवामा फल लाग्न र पाक्न सुरु भएको छ । ४५ लाख लगानी गरी गरिएको खेतीबाट पहिलो पटक पाकेको फल बाट स्वाद चाख्न पाएपछि  संञ्चालकले खुसियाली मनाएका छन् ।

पहिलो पटक फार्म हाउसमा ५ वटा ड्रागन फल पाकेको फाम हाउसका अध्यक्ष शम्भु सुवेदिले बताए । कृषि ज्ञान केन्द्र चितवनको १५ लाख लागत र ३० लाख  आफुहरुको लगानीमा ४५ लाख रकम खर्चीएर डागन खेती सुरु गरेको सुवेदिकोे भनाई छ ।

सृजनशिल ड्रागन पकेट कार्यक्रमका लागि कृषि ज्ञान केन्द्र चितवनले १५ लाख अनुदान दिएको थियो । शैक्षिक उद्यमी तथा नेकपा एमालेका नेता, मदन भण्डारी फाउण्डेसन चितवनका बरिष्ठ उपाध्यक्ष समेत रहेका सुवेदिले समुहमार्फत चितवन एकेडेमी नर्सिङ कलेजको जमिनमा १ हेक्टर क्षेत्रफलमा करिब ५ हजार बिरुवा रोपी खेती सुरु गरेका थिए ।

आफनो फार्ममा पहिलो पटक पाकेका ड्रागनको फल उनले जिल्लाका कृषि अधिकारीलाई चखाएका छन । पहिलो पटक पाकेको ड्रागन समुहका सदस्य सहित जिल्लाका कृषि अधिकारीलाई चखाउन पाउँदा खुसि लागेको सुवेदिले बताए ।

यो नयाँ खेती भएकाले कस्तो फल्छ स्वाद कस्तो हुन्छ भन्ने अन्योल थियो । पहिलो पटक पाकेको फल चाखेपछि सबै दुबिदा हटेको र फल निकै मिठो स्वादको रहेको पाईएको ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालले बताए । आफुहरुको अनुदान भएकाले यो कार्यक्रम सफल हुने नहुनेमा आशंका रहेकोमा अब भने आफुहरु ढुक्क भएको र अव यो खेति बिस्तारमा थप कार्यहरु गर्ने बताए ।

उनले फार्म हाउसमा एक कार्यक्रम गरी कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकाल, प्रधानमन्त्रि कृषि आधुनिकरण परियोजना चितवनका पुर्व प्रमुख मेघनाथ तिमिल्सेना लगाएत अन्य सरकारी अधिकारीका साथै भरतपुर महानगर ७ का अध्यक्ष राजेन्द्र मणी काफ्ले लगाएतलाई सम्मान सहित ड्रागन फल चखाएका हुन । सहभागीहरुले यहाँ उत्पादित ड्रागनको फल निकै मिठो र स्वादिलो भएको बताएका थिए ।

यहाँ १ हेक्टर क्षेत्रफलमा करिब ५ हजार बिरुवा रोपिएको छ । आफुहरुले १० हेक्टर क्षेत्रफलमा यसको खेती गर्ने गरी अहिले धमाधम ड्रागनका बिरवा हुकाउर्ने र रोप्ने काम सुरु गरेको सुवेदिले बताए  । यहाँबाट बिरुवा समेत बिक्री हुने गरेको छ ।

मलेसियन बिरुवा र भारतको बिभिन्न ठाउँबाट ल्याईएको बिरुवा लगाएर यसको खेती गरेको सुवेदिले । पानी नजम्ने सुख्खा जमिनमा यसको ब्यवसायीक खेती गर्न सकिने र एक पटक रोपेपछि २५ वर्ष सम्म यसबाट लाभ लिन सकिने छ । ४ जातका सेतो तथा रातो गुदी हुने ड्रागन खेती गरेको सुवेदिले बताए । 

ड्रागनको बोट मुनी अन्तरबाली

सुवेदिले ड्रागनको बोट मुनी अन्तरबाली समेत लगाएर परिक्षण समेत गरेको र परिक्षण सफल भएको बताए । अन्तर बालीका रुपमा ,लसुन, प्याज,चुकन्दर, तरभुजा भेण्डी , खुर्सार्नी, करेला घिरौला, फर्र्सी ,घोचेतिल, मकै लगाएतका अन्न तरकारी तथा फलफुल लगाएका छन ।

सरकारी अधिकारीलाई सम्मान र बिदाई

फार्म हाउसले जिल्लाबाट सरुवा भई बागमती प्रदेशको कृषि मन्त्रालयमा सरुवा भएका कृषि ज्ञान केन्द्र प्रमुख राजन ढकाल र संघिय मन्त्रालयमा सरुवा भएका प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाका प्रमुख मेधनाथ तिमिल्सेनालाई सम्मान पत्रले सम्मान गरिएको सचिव आनन्द न्युरेले बताए ।  

सो अवसरमा वडा अध्यक्ष काफलेले आफुले महानगरको कृषि र सहकारीको नेतृत्व गरेको र कृषिको बिकासलेनै महानगरको बिकास हुने ठहर गरी कृषिको बिकास, आधुनिकरण र ब्यवसायीकरणमा ध्यान दिएको बताए । महानगरमा बाझो जमिन रहन नदिने गरी आफुहरुले बिशेष कार्यक्रमनै गरी कृषि क्षेत्रको बिकासमा जुटेको बताए । ब्यवसायीक कृषकहरुलाई आफुहरुले निरन्तर सहयोग गर्ने उहाँको तर्क छ ।

ड्रागन फलबाट हुने फाईदा

यसको सेबनले शरिरमा क्यान्सर प्रतिरोधि शक्तिको विकास गर्न मदत पुग्ने, शरिरमा रहेको विषाक्त तत्वलाई हटाउँनुका साथै रगतमा भएको उच्च कोलेस्टोर घटाएर उच्च रक्तचापलाई सन्तुलनमा ल्याउने बताईन्छ ।

यसको सेबनले दम तथा कफका रोगिलाई फाईदा पुग्ने र मधुमेहका बिरामीलाई पनि लाभ हुने बिज्ञहरु बताउँछन । यसमा भिटामिन सी , प्रशस्त मात्रामा पाउने हुँदा अनुहारको छाला चम्किलो बनाउने र गर्भावस्थाका महिला,बालबालिका,ज्यष्ठ नागरीक र रोगले सताइरहेका मानिसहरुका लागि यसको फल निकै उपयोगी मानिएको छ। 

 

प्रतिक्रिया दिनुहोस