काठमाडौं । अल्पविकसित मुलुकबाट विकासोन्मुख मुलुकमा स्तरोन्नती हुने तयारीबारे प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री शेरबहादुर देउवा र राष्ट्रसंघकी नेपाल निर्देशक सारा न्यान्तीबीच आज भेटवार्ता भएको छ ।
राष्ट्रसंघको नेपाल कार्यालयका अनुसार भेटमा एलडीसी स्तरोन्नतीबारे छलफल भएको थियो । साथै दिगो विकास लक्ष्य, कोभिड(१९ महामारी रोकथामका लागि सरकारको कार्य तथा सरकार र राष्ट्रसंघको समझदारीलाई बलियो बनाउने बारे छलफल भएको थियो ।
जवाफमा प्रम देउवाले सरकार चैतसम्म नागरिकलाई खोप लगाउने कार्यमा जुटेको र महामारी रोकथाम प्रमुख प्राथमिकतामा रहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २१ साउन २०७८, १८ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री बालेन, रवि र स्वर्णिमबीच भेटवार्ता
सभामुख र प्रधानमन्त्रीबीच भेटवार्ता
राष्ट्रपति पौडेल र सभामुख अर्यालबीच भेटवार्ता
सभामुख र चिनियाँ राजदूतबीच भेटवार्ता, ताइवान-तिब्बतसम्बन्धी नेपालको नीतिमा चासो
सभामुख र राष्ट्रियसभा अध्यक्षबीच भेटवार्ता
रवि लामिछाने र ज्ञानेन्द्र शाहीबीच भेटवार्ता