टोकियो ओलम्पिकमा आज १२ खेलमा २७ स्वर्ण पदकको भिडन्त

सफल खबर संवाददाता

विहीबार, २१ साउन २०७८, १२ : १८
टोकियो ओलम्पिकमा आज १२ खेलमा २७ स्वर्ण पदकको भिडन्त

एजेन्सी । टोकियो ओलम्पिकमा आज १२ खेलका २७ स्वर्ण पदकको भिडन्त भईरहेको छ । आज एथ्लेटिक्समा सर्वाधिक ८ स्वर्ण पदकको टुंगो लाग्दैछ ।

यसैगरि ओलम्पिकमा पहिलो पटक समावेश गरिएको स्पोर्ट्स क्लाईम्बीङको पुरुषतर्फको भिडन्त पनि आज हुँदैछ । ओलम्पिकको १३ औं दिन अहिलेसम्म ३२ स्वर्ण पदकसहित चिन शिर्ष स्थानमा रहेको छ ।

२५ स्वर्ण जितेको अमेरिका दोस्रो स्थानमा रहँदा तेस्रो स्थानको आयोजक जापानको २१ स्वर्ण भएको छ । बेलायत र अष्ट्रेलियाले समान १५ – १५ वटा स्वर्ण पदक जितेका छन् । १४ वटा स्वर्ण पदक हात पारेको रुसी ओलम्पिक कमिटि छैटौं स्थानमा छ ।टोकियो ओलम्पिकमा अहिलेसम्म ६० देशले स्वर्ण पदक जित्दा ८५ देशले पदक तालिकामा नाम लेखाएका छन् ।

प्रतिक्रिया दिनुहोस