बंगलादेशमा विवाहको भोजमा गएका १७ जनाको चट्याङ्ग लागेर मृत्यु

एजेन्सी

विहीबार, २१ साउन २०७८, ११ : ५४
बंगलादेशमा विवाहको भोजमा गएका १७ जनाको चट्याङ्ग लागेर मृत्यु

बंगलादेश । बंगलादेशमा विवाहको भोजमा गएका कम्तीमा १७ जनाको चट्याङ्ग लागेर मृत्यु भएको छ। बेहुलासहित अरु १४ जना घाइते भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

बेहुली भने भोजस्थलमा सहभागी थिइनन्। बेहुलीको घर तर्फ जाने क्रममा नदी किनारको शहर शिब्गन्जमा पार्टीको आयोजना गरिएको थियो।

सोही क्रममा मेघगर्जनसहित चट्याङ्ग परेको हो। सन् २०१६ मा मे महिनामा मात्रै चट्याङ्गका कारण २०० जना भन्दा बढीको मृत्यु भएपछि बंगलादेशले चट्याङ्गलाई प्राकृतिक विपद् घोषित गरेको थियो।

त्यसबेला एकै दिन ८२ जनाको ज्यान गएको थियो। वन फडानीका कारण ठूला रुख नहुँदा चट्याङ्ग धेरै पर्न थालेको विज्ञले बताउने गरेका छन्।

प्रतिक्रिया दिनुहोस