लघुवित्तहरूलाई राष्ट्र बैङ्कले नियन्त्रण गर्छ : गभर्नर अधिकारी

सफल खबर संवाददाता

बुधबार, २० साउन २०७८, १३ : २३
लघुवित्तहरूलाई राष्ट्र बैङ्कले नियन्त्रण गर्छ : गभर्नर अधिकारी

काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीले अस्वाभाविक नाफा आर्जन गर्ने वर्गका लघुवित्तलाई राष्ट्र बैकले नियन्त्रण गर्ने बताएका छन् । बुधबार संसदीय अर्थ समितिमा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् । 

पछिल्लो समय आम सर्वसाधारण सेवा ग्राहीहरूको घरदैलोमा पुग्ने लघुवित्तहरूले सेवाभन्दा बढी नाफा आर्जन गरेको र ऋणीहरूको वृद्धि विकासमा जोड नदिएको गभर्नरको आरोप छ । यद्यपि, बैक तथा वित्तीय संस्थाहरूले ब्याजदर आफूखुसी निर्धारण गर्न पाउनु पर्ने माग राख्ने गरे पनि राष्ट्र बैङ्क ले कहिल्यै हस्तक्षेप नगरेको गभर्नर अधिकारीले समितिमा बताए । 

उहाँहरू ब्याजदरमा राष्ट्र बैकले हस्तक्षेप गर्नु हुँदैन, आफूखुसी निर्धारण गर्न पाउनुपर्छ भन्नु हुन्छ । तर यसमा राष्ट्र बैकले केही गरेको छैन गभर्नर अधिकारीले भने, ब्याजदर तोक्ने काम राष्ट्र बैकको होइन, बैङ्क तथा वित्तीय संस्थाहरूकै हो । राष्ट्र बैङ्कले त स्प्रेडदर तोक्ने मात्र हो ।

प्रतिक्रिया दिनुहोस