प्रचण्ड भन्छन्, ‘राजनितीक परिवर्तनमा मेरो र विक्रम पाण्डको तुलना हुँदैन्’

सोमबार, १८ मंसिर २०७४, १० : ४५
प्रचण्ड भन्छन्, ‘राजनितीक परिवर्तनमा मेरो  र विक्रम पाण्डको तुलना हुँदैन्’


चितवन, १८ मंसिर । माओवादी अध्यक्ष प्रचण्डले चितवन–३ बाट लोकतान्त्रिक गठबन्धनका उम्मेद्वार विक्रम पाण्डेसँग आफ्नो तुलना नहुने दाबी गरेका छन् । सोमबार बिहान सफलखबर सँग कुराकानी गर्दै उनले भने, ‘नेपालको राजनितीक परिवर्तनको निम्ती, सामाजिक न्यायको निम्ती र संवृद्धिको निम्ती मैले जे–जस्तो योगदान गरेको छु, त्यो तुलना विक्रम पाण्डेसँग हुने कुरै होईन् ।’

चुनावी मैदानमा भएपनी पाण्डे आफ्नो राजनितीक प्रतिद्धवन्दी नभएको दाबी गर्दै उनले चितवन–३ को चुनावमा खासै प्रेशर फिल नगरेको बताए ।

‘विक्रम पाण्डेले पैसाको बलमा दुई–चार भोट प्राप्त गर्लान त्यो कुरा त चाहि बुझ्न सकिन्छ’ प्रचण्डले भने, ‘तर, हिजो एउटा परिस्थीतमा उनले यहाँ निर्वाचन जितेका हुन्, अहिले हामी बाम गठबन्धन बनाएर र म पहिलोचोटी जसरी आएको छु, त्यस हिसावले हेर्दा चुनाव जित्न मलाई खासै समस्या छैन ।’

शान्तिप्रक्रिया र संविधान निर्माण भएसँगै मुलुकमा विकास र संवृद्धिका आफु चितवन आएको उल्लेख गर्दै प्रचण्डले भने, ‘जनताले पनी त्यसलाई बढो खुसी र उत्साहको साथ ग्रहण गरेको मैले महसुस गरेको छु ।’

चितवन देश विकासको मोडेल
प्रचण्डले चिवतमा विकासको प्रचुर संभावना भएको हुनाले यो जिल्लालाई देशभरीका लागी एउटा नयाँ मोडेल प्रस्तुत गर्न सकिने बताए । उनले भने, ‘देशभरीको लागी  मोडेल हुनसक्ने जिल्ला छानेर पनी म चितवनमा छु ।’
चितवनका ९ ओटै सिट बाम उम्मेद्वारले जित्ने दाबी गर्दै उनले दुई पटक प्रधानमन्त्री हुँदा चितवनको विकासमा ठुलो योगदान गरेको बताए ।

‘शक्तिखोरको औधोगिक क्षेत्र या भरतपुरको प्रदर्शनी केन्द्र वा केही बाटाहरुलाई पिच गराउन मैले जे कन्ट्रिब्युट गरेँ, यहाँका जनताले विकासका लागी  प्रचण्ड आउनुपर्छ भनेका थिए’ उनले भने,  ‘म दुइचोटी प्रधानमन्त्रीको हैसियतले देशको सेवा गरिसकेको छु, र पछिल्लो पटक मैले प्रधानमन्त्रीको हैसियतमा जनताले देख्ने बुझ्ने गरी साँढे सात प्रतिशतको आर्थिक वृद्धिदर उज्यालो नेपाल बनाउँदै लोडसेडिङ अन्त्य गर्ने दिशामा प्राप्त सफलता चितवनको जनताले राम्रो बुझेका छन् ।’

नारायणी र राप्तीमा तटबन्ध तथा भरतपुरमा रिङरोड बनाउने प्रक्रिया आफ्नै पहलमा अगाडी बढीसकेको जानकारी दिँदै प्रचण्डले निकुञ्ज आसपास फाउन्डेशन सहितको मेशजाली निर्माण गरेर जंगली जनावरको आतंकाट चितवनबासीलाई मुक्त गर्ने बाचा गरेका छन् ।

‘माडी र भतरपुर जोड्न ६ किलोमिटर सुरुङमार्ग पक्कै अलि महत्वकांक्षी प्रोजेक्ट’ उनले भने, ‘तर त्यो असंभव हैन्, ६ किलोमिटर सुरुङमार्ग बनायो भयो चितवनको माडी र चितवन पनी युनिफाईड र  कम्प्याक्ट इकोनोमिक जोन हुनसक्छ र सिंगै चितवनको कायापलट गर्न सकिन्छ ।’

 

प्रतिक्रिया दिनुहोस