होटलका खोप भेटिएपछि छानविन समिति

सफल खबर संवाददाता

शनिबार, १६ साउन २०७८, २० : ०४
होटलका खोप भेटिएपछि छानविन समिति

झापा । झापाको एक होटलमा खोप भेटिएपछि छानविन समिति बनेको छ । झापाको विर्तामोडस्थित टाइमलेस होटलमा खोप भेटिएको थियो ।  घटनाको छानबिन गर्न शनिबार समिति गठन भएको छ।

जिल्ला कोभिड खोप व्यवस्थापन समितिको शनिबार चन्द्रगढीमा बसेको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी त्रिलोचन रिमालको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो।

समितिको सदस्यहरूमा जिल्ला समन्वय समितिका अधिकारी लालबहादुर श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक राकेश थापा, सशस्त्र प्रहरी वल २ नं हेडक्वाटरका सशस्त्र प्रहरी नायब उपरीक्षक प्रेम प्रसाई र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका अनुसन्धान अधिकृत किरण भट्टराई रहेका छन्।

प्रतिक्रिया दिनुहोस