कुटुम्बको सुमधुर धुनले नाचे चितवने दर्शक (भिडियो)

शनिबार, ०१ बैशाख २०७५, १६ : ४८

चितवन । घडीमा रातीको १० बज्दै थियो । नयाँ बर्षलाई स्वागत गर्न चितवनको देवनगरस्थित लेक ट्वाण्टी थाउजेण्ड फार्म रिट्रिटमा ठुलो समूह देखिन्थियो । नयाँ बर्षलाई स्वागत गर्न भन्दा अगाडी त्यहाँ उपस्थिित दर्शकहरु संगितिक धुनको लागि निकै आतुर देखिन्थिए । कली इण्टरटेण्मेण्ट एण्ड इभेण्ट म्यानेजमेण्ट र रञ्जना फाउण्डेसन गीतानगरले संयुक्त रुपमा आयोजना गरेको उक्त कार्यक्रमको मुख्य आकर्षण कुटुम्ब ब्यान्डका कलाकार थिए ।


 जब घडीमा रातीको १० बज्यो ,कुटुम्ब स्टेज प्रवेश ग¥यो । ‘लेकाली हो चोयाको डोको‘  को धुनमा आफ्नो प्रस्तुती दिन शुरु गरेको ब्याण्डले २ घण्टा लगतार उपस्थिित दर्शकलाई नचायो । नयाँ बर्षको अवसरमा आयोजित कार्यक्रममा कुटुम्ब ब्यान्डले १५ वटा लोक तथा आधुनिक गीतका धुनमा प्रस्तुत गरेको थियो ।

असारे महिनमा , बाँजो खेतमा, घर तिम्रो , तामाङ सेलो, ह्यङ्गुसिन्हा , झम्के फुली , कलिलो तामालाई ,मगर कौंडा गीत , लेकाली ,  माईती घर , मिरमिरे भाका , फुलको थुङ्गा , रातो पछ्यौरी , गीतको धुन सुनाएको कुटुम्बले रेशम फिरिरिको धुन बजाएर संगितिक प्रस्तुतीबाट विश्राम लिएको थियो । 

कुटुम्बको प्रस्तुती अगाडी उपस्थिित दर्शकलाई रामपुरको ब्रोहुड ब्याण्डले समेत नेपाली तथा अंग्रेजी गीतहरुद्वारा दर्शक मनोरञ्जन दिएका थिए । उक्त कार्यक्रममा नेपाली रजतपटका महानायक राजेश हमाल समेत सहभागी थिए ।


नेपाल आईस वियर मुख्य प्रायोजक रहेको कार्यक्रमबाट भएको आम्दानी स्थानीय सिद्धेश्वर प्राविका विद्यार्थीहरुलाई छात्रवृत्तिको लागि प्रदान गरिने कली इन्टरटेनमेन्टले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस