काठमाडौं । नेकपा माओवादी केन्द्रको कारवाहीका आधारमा पदमुक्त भएका ४ जना संघीय सांसदले पुनर्वहालीको माग गर्दै दायर गरेको रिटमाथिको सुनुवाइ आज पनि स्थगित भएको छ ।
न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा उक्त मुद्दाको पेसी राखिएको भए पनि आज पनि सुनुवाइ स्थगित भएको हो । हिजो न्यायाधीश दीपक कार्कीको इजलासमा पेसी तोकिएको सो मुद्दा हेर्न नभ्याइनेमा परेको थियो । सर्वोच्च अदालत स्रोतका अनुसार रिट निवेदक पक्षका कानून व्यवसयीकै आग्रहमा सुनुवाइ स्थगित गरिएको हो ।
प्रतिनिधिसभा सदस्यबाट पदमुक्त भएका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले बुधवार रिट दायर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १५ साउन २०७८, १३ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्वोच्चले प्रहरीमा जाहेरी दिने
तिहार बिदामा सर्वोच्च अदालत ११ बजेदेखि ३ बजेसम्म खुला रहने
पालमुनिबाटै सर्वोच्च अदालतको इजलास सञ्चालन
आइतबारदेखि सांकेतिक रूपमा सर्वोच्च अदालतले आफ्नो सेवा सुरु गर्ने
सर्वोच्च अदालतमा आगो निभाउन महानगरपालिकाको दमकल आयो
सर्वोच्च अदालतमा जेन जेडद्वारा आगजनी